वेबसाइटको मापन गर्ने प्लेटफर्म ‘एलेक्जा डटकम’ औपचारिक रूपमा बन्द भएको छ। अमेजनको सहायक कम्पनी एलेक्जा आइतबारबाट बन्द भएको हो।
विगत २५ वर्षदेखि सञ्चालनमा आएको एलेक्जाले ट्राफिक डाटाका आधारमा वेबसाइटहरूको मापन गर्दै आएको थियो।
यसैका आधारमा यसले कुनै पनि वेबसाइटको एसईओ, अन्य प्रतिस्पर्धी कम्पनीको वेबसाइटको डेटासमेत उपलब्ध गराउँदै आएको थियो। यसैलाई आधार मानेर कुन देशमा कुन वेबसाइट कति औं नम्बरमा छ, विश्वमा कति स्थानमा छ, कुन वर्गमा छन् भन्ने जानकारी लिन पाइन्थ्यो।
मे १ देखि साइट बन्द भए पनि यसले यो वर्षको अन्त्य सम्म अर्थात डिसेम्बरसम्म ब्राउजरमा भएको एक्टेन्सनले सेवा दिने कम्पनीले जानकारी दिएको छ।
वेब ट्राफिक र विश्वका चर्चित वेबसाइटहरुको विश्लेषणका लागि यसले ख्याति कमाएको एलेक्सा डटकम सन् १९९६ मा स्थापना भएको थियो।
सन् १९९९ मा अमेजनले यसलाई खरिद–प्राप्ति गरेको थियो।