ओपोको एफ सिरीज अन्तर्गतको एफ-१९ प्रोको मूल्य घटेको छ। कम्पनीले एफ-१९ प्रोको मूल्य चार हजार रूपैयाँले घटाएको हो।
बजारमा पहिलो पटक यो फोन सार्वजनिक हुँदा ३९ हजार नौ सय ९० रूपैयाँ तोकिएको थियो। हाल भने यो फोनको मूल्य ३५ हजार नौ सय ९० रूपैयाँ तोकिएको हो।
ओपोको एफ सिरिज युवाहरू माझ लोकप्रिय छ। यो फोन फोटो तथा भिडिओ खिच्नको लागि निकै उपयुक्त छ। यसमा चार वटा क्यामरा छन्, ४८ मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा वाइड, दुई मेगापिक्सलको म्याक्रो र दुई मेगापिक्सलकै मोनो क्यामरा छन्। अनि यसमा ३२ मेगापिक्सलको सेल्फी क्यामरा पनि छ।
एफ-१९ प्रो ओपोको पहिलो प्रिमियम स्मार्टफोन हो।
यसको डिजाइन आकर्षक हुनुका साथै विशेषता पनि नयाँ प्रविधिमा आधारित छ। ६.४ इन्चको ठूलो डिस्प्ले भएको फोन भए पनि यसको डिजाइनकै कारण यो बोक्दा भारी हुँदैन। यो हलुका हुनुका साथै निकै पातलो पनि छ।
ओपो एफ-१९ प्रोमा ४३१० एमएएच पावरको ब्याट्री छ। कम्पनीले एकपटक पूरा चार्ज गरेपछि यो फोन १६ घन्टासम्म चल्ने दावी गरेको छ। ३० वाटको भुक फ्ल्यास चार्ज प्रविधि यसमा भएकाले यो फोन चाँडै चार्ज हुन्छ।
कम्पनीका अनुसार पाँच मिनेट मात्र चार्ज गर्दा पनि फोनमा साढे दुई घन्टासम्म युट्युब चलाउन सकिन्छ। त्यस्तै एक घन्टा इन्स्टाग्राम चलाउन वा तीन घन्टा बढीको टकटाइम पनि पाँच मिनेटको चार्जले दिन्छ।