ओप्पोले आफ्नो ए संस्करणअन्तर्गतको ए-७६ मा विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले ग्लो डिजाइन, स्टाइलिस र टिकाउ उत्पादन प्रक्रियालाई निरन्तरता दिँदै आइरहेको ओप्पोेको ए-सिरीजमा पछिल्लो समय 'ओप्पोे ए-७६' नेपाली बजारमा उपलब्ध गराएको थियो।
ओप्पोे ए-७६ मा ६.५६ इन्चको पन्च-होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथ उपलब्ध छ। प्रयोगकर्ताहरूलाई उत्पादनमुलक रहन तथा बिना रोकावट मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङ सहितको पाँच हजार एमएएच क्षमताको ब्याट्री पनि जडान गरिएको छ।
ओप्पोे ए-७६ मा १.१२ माइक्रो र एफ २.० एपर्चर सहितको ८ एमपी फ्रन्ट क्यामेरा छ। यसमार्फत उच्च रिजोल्युसनको पोट्र्रेट फोटा खिच्न सकिन्छ। यो फोनमा एआई नेचुरल रिटचिङ ब्युटिफिकेसन प्रविधि परिस्कृत गरिएको छ।
फोनमा भएको ३६० डिग्री फिल लाइटको सहायताले मधुरो वातावरणमा पोट्रेट फोटोहरू उज्यालो र स्पष्ट लिन सकिन्छ।
यसबाहेक यो स्मार्टफोन ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथ परिस्कृत गरिएको छ। जसले भिडिओ हेर्न र गेम खेल्दा आनन्दको अनुभव दिन्छ। फिंगरप्रिन्ट सेन्सर फोनको छेउमा राखिएको छ। पातलो फिंगरप्रिन्ट सेन्सर र छेउमा बटनहरू भएकोले फोन हल्का, पातलो र थप सहज अनुभवसहित अझ आकर्षक देखिन्छ।
कम्पनीले नेपाली बजारमा ओप्पोे ए-७६ को सुरूवाति बजार मूल्य २९ हजार नौ सय ९० रूपैयाँ तोकेको छ।
यस मे महिनामा ओप्पोको विशेष अफर मार्फत ओप्पो ए-७६ किन्दा अन्य यी ३ उत्पादनहरूमा दुई हजार रूपैयाँको छुट व्यवस्था गरिएको हो।
१. ओप्पो फिट ब्यान्ड पहिलेको बजार मूल्य पाँच हजार पाँच सय ९९ रूपैयाँ। नयाँ बजार मूल्य तीन हजार पाँच सय ९९ सय रूपैयाँ।
२. ओप्पोे डब्लयू ३१ पहिलेको बजार मूल्य ६ हजार नौ सय ९० रूपैयाँ। नयाँ बजार मूल्य चार हजार नौ सय ९० रूपैयाँ।
३. ओप्पोे डब्ल्यू ५१ पहिलेको बजार मूल्य आठ हजार नौ सय ९० रूपैयाँ। नयाँ बजार मूल्य ६ हजार नौ सय ९० रूपैयाँ।