मुरारका ग्रुपअन्तर्गतको पशुपति ट्रेडलिंक प्रालिले 'डिजो' ब्रान्डको नयाँ स्मार्टवाच बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि डिजो ब्रान्डको एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक कम्पनीले नेपाली बजारमा 'रियलमी डिजो वाच प्रो' स्मार्टवाच सार्वजनिक गरेको हो।
रियलमी टेक लाइफ इकोसिस्टमको पहिलो ब्रान्ड रहेको डिजोले नेपाली ग्राहकहरूलाई ध्यानमा राखेर नयाँ स्मार्टवाच ल्याएको हो।डिजो वाच प्रोमा प्रिमियम मापदण्डसहितका फिचरहरू राखिएको छ। जसमा इनबिल्ट जिपिएस छ।
जिपिएस प्लस ग्लोनास रहेको र विभिन्न सेन्सरहरू राखिएको हुँदा प्रयोगकर्ताले गर्ने हरेक फिटनेट कार्यको ट्र्याक स्याटेलाइटमार्फत गर्न सक्छ। मर्निङ वाक गर्दा प्रयोगकर्ताले हिँडेको बाटो, गतिविधि, स्पीड, व्यायाम लगायतका डेटाहरू स्याटेलाइटको माध्यमबाट ट्र्याक गर्न सकिन्छ। यसले गर्दा कुनैपनि फिटनेस गतिविधिको हरेक डेटाहरू तथा जानकारी स्मार्टवाचमा रहन्छ।
स्मार्टवाचमा ९० ओटा फरक-फरक स्पोर्टस मोड राखिएको छ, जसले विभिन्न स्पोर्टस कार्य गर्दा त्यसैअनुसार डेटा लिन सकिन्छ।
डिजो वाच प्रोको सबैभन्दा विशेष फिचर भनेको यसले प्रयोगकर्ताको ब्लडअक्सिजनको सही लेभल मापन गर्छ भने हर्टरेट समेत मनिटर गर्छ। जसले प्रयोगकर्ताको स्वास्थ्यको उच्चतम ख्याल राख्न सहयोग पुग्नेछ।
एक पटक चार्ज गर्दा १४ दिनसम्म चलाउन सकिने डिजो वाच प्रोमा आफूलाई मनपर्ने १०० भन्दा धेरै कस्टम वाचफेस र वालपेपरहरू छनोट गर्न सकिन्छ।
स्वास्थ्य र फिटनेसको हेरचाह गर्नुका साथै डिजो वाच प्रोले मनोरन्जनका लागि समेत सहयोग गर्छ। यसबाट सिधैं आफ्नो स्मार्टफोनमा म्युजिक र क्यामेरा कन्ट्रोल गर्न सकिन्छ भने फोन उठाउन मिल्ने सुबिधा समेत छ।
त्यसैगरी फोन पत्ता लगाउनका लागि 'फाइन्डमाई फोन' फिचर समेत यो स्मार्टवाचमा छ। आईपी-६८ वाटर रेसिस्टेन्ट प्रमाणित रहेको यो स्मार्टवाचमा पानी पर्दा समेत कुनै डर हुनेछैन्।
रियलमी डिजो वाच प्रो स्मार्टवाचमा १.७५ इन्चको ३२० x ३८५ पिक्सेलको टिएफटी एलसिडी डिस्प्ले छ। यसमा ३९० एमएएचको ठूलो ब्याट्री प्याक राखिएको छ।
यो स्मार्टवाच नेपालका अनलाइन तथा अफलाइन बजारहरूमा उपलब्ध छ। कम्पनीले यसको बजार मूल्य सात हजार नौ सय ९० रूपैयाँ तोकेको छ। ब्ल्याक (कालो) र स्पेस ब्लू (निलो) रंग विकल्पमा उपलब्ध डिजो वाच प्रोमा एक वर्षको वारेन्टी छ।