एनसेलले स्थानीय चुनाव लक्षित आकर्षक बोनस डेटा अफर ल्याएको छ।यस अफरमा ग्राहकले एनसेल एपमार्फत रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबीदेखि ५००एमबी डेटा प्राप्त गर्न सक्छन्।
यो अफर वैशाख २३ गतेबाट लागू भइसकेको छ। जसअन्तर्गत एनसेल एपबाट रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन्।
एपमार्फत ५०देखि ९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले एक दिनका लागि मान्यहुने ५० एमबी डेटा पाउँछन्।१०० देखि १९९ रुपैयाँसम्म रिचार्ज गर्दा तीन दिन समयसीमा भएको २००एमबी डेटा पाउँछन्। त्यसैगरी २०० रुपैयाँ वा सोभन्दा माथि रिचार्जमा ग्राहकले ५००एमबी डेटा पाउँछन्।
नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू जस्तै कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेटभ्वाइस प्याकले ग्राहकहरूलाई सुलभदरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्दछ।
डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकहरूका लागि कम्बो प्याक छ। जसमा ५जीबी डेटा भोल्युम र १००मिनेट अलनेट टकटाइम पाइन्छ।यसमा पाइने टकटाइमबाट नेपालका अन्य जुनसुकै सेवाप्रदायकको नम्बरमा फोन गर्न सकिन्छ।करसहित १६८ रुपैयाँ पर्ने यो प्याक एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ह्यास डायल गरी सजिलै लिन सकिन्छ।
भ्वाइस सेवा मात्र चाहिनेहरुले ९४ रुपैयाँमा ७ दिनका लागि मान्य १५०मिनेटको अलने टभ्वाइस प्याक लिन सक्छन्।एनसेलका प्रिपेड प्रयोगकर्ताहरूले एष्ट्रिक्स१७११८ एष्ट्रिक्स ३एष्ट्रिक्स ३ह्यास डायल गरी योभ्वाइस प्याक लिन सक्छन्।
दैनिक रूपमा डेटा चाहिने प्रिपेडग्राहकहरूका लागि गज्जबको दैनिक जीबी प्याकको विकल्प छ।यसमा ग्राहकले १२९ रुपैयाँमा ७ दिनका लागि दैनिक१जीबी डेटा भोल्युम लिन सक्छन्।
एष्ट्रिक्स१७१२३एष्ट्रिक्स१ह्यास डायल गरी ग्राहकहरूले यो प्याक सुचारु गर्न सक्छन्।