रियलमीले नेपाली बजारमा नयाँ फोन सार्वजनिक गर्ने भएको छ। कम्पनीले रियलमी ९ संस्करणअन्तर्गत नयाँ 'रियलमी ९' स्मार्टफोन सार्वजनिक गर्ने भएको हो।
रियलमी ९ मा स्न्यापड्रागन ६८० प्रोसेसर हुनेछ, जुन ६ एनएम प्रक्रियामा आधारित छ। यो स्मार्टफोन ९० हर्जको सुपर एमोलेड डिस्प्ले सहित १०२४०-स्तरको ब्राइटनेस समायोजनको साथमा उपलब्ध हुनेछ। अर्थात्, फोनको टच स्पीड छिटो हुनुका साथै यसको डिस्प्ले उज्यालो पनि धेरै छ।
फोनमा रहेको १६ मेगापिक्सल सेल्फी क्यामेरा फिचरले अँध्यारोमा समेत राम्रो फोटो र भिडिओ खिच्न सकिन्छ। रियलमी ९ मा पाँच हजार एमएएचको ब्याट्री प्याक दिइनेछ भने ३३ वाट डार्ट चार्ज टेक्नोलोजीद्वारा सुसज्जित हुनेछ।
सुरक्षाको लागि फोनमा इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर हुनेछ। रियलमी ९ को तौल जम्मा १७८ ग्राम छ भने ७.९९ एमएम स्लिम छ। रियलमी ९ यही मे अन्तिम महिनामा सार्वजनिक हुने बताइएको छ।