स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच सम्झौता भएको छ। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज र भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्युआर र फर्स्ट पे क्युआरबीच अन्तर आबद्धताको लागि सम्झौता भएको हो।
बिहीबार स्मार्टच्वाइस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत् नारायण प्रकाश भुजु र फर्स्ट पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालले सो सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
नेपाल राष्ट्र बैंकद्वारा २०७८ माघमा जारी गरेको परिपत्रका आधारमा सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाई अन्तर आवद्धताको लागि दिएको निर्देशन अनुरुप सो सम्झौता सम्पन्न भएको हो।
बिगत २० वर्षदेखि कार्ड लगायत भुक्क्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र युनियन पेमा आबद्ध भुक्क्तानी संयन्त्रमार्फत कारोबार गर्न सकिने क्युआर सेवा प्रदान गर्दै आएको फर्स्ट पे टेक्नोलोजिजबीच भएको यो सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ।
यस सम्झौतासँगै फर्स्ट पे क्युआरको सुविधा लिएका पविभिन्न व्यापार-व्यवसायलाई स्मार्ट क्युआरको नेटवर्क अन्तर्गत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ एप मार्फत ग्राहकहरूले सहज र सुरक्षित रुपमा भुक्क्तानी गर्न सक्छन्। साथै स्मार्ट क्युआर मार्फत भुक्तानी लिँदै आएका व्यापार-व्यवसायले फर्स्ट पे नेटवर्कमा आबद्ध ग्राहकहरू मार्फत पनि भुक्तानी लिन मिल्ने भएको छ।