भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड आइएसओ २७००१ः२०१३ बाट प्रमाणीकरण भएको छ।
कम्पनीले गुणस्तरीय सेवा प्रदान गरेकाले आइएसओ (इन्फरमेशन सेक्युरिटी म्यानेजमेन्ट)२७००१ः२०१३ बाट प्रमाणपत्र पाएको हो।
फोनपे प्रयोगकर्ताका डेटा सुरक्षित गर्न कम्पनी प्रतिवद्ध रहेको कम्पनीले बताएको छ। फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले सुरक्षाका लागि कम्पनीले निरन्तर पूर्वाधारमा लगानी बढाइरहेको बताए।
यस्तै फोनपेका हेड अफ सेक्युरिटीका आस्लम अलीले कम्पनीले आइएसओ प्रमाणीकरण पाउनुमा सबै कर्मचारिको महत्वपूर्ण योगदान रहेको बताए।
फोनपले यसअघि पनि डेटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ (पिसिआई डिएसएस भिथिटुवान) प्रमाणीकरण प्राप्त गरिसकेको छ।
फोनपे नेटवर्कमार्फत आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्युआरमार्फत भुक्तानी गर्न सकिन्छ। फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर, हब पेमेन्ट लगायत कारोबार पनि गर्न सकिन्छ।
फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायक आबद्ध छन्।