इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसले आफ्ना विद्यमान अल्ट्रा-फाई लाइनका प्रोडक्टहरूमा आकर्षक परिमार्जन ल्याएको छ। आफ्ना ग्राहकहरूको बढ्दो आवश्यकतालाई हेरेर उच्च गति र उच्च गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले जारी गरिएका अल्ट्रा-फाई लाइनअपहरू अब अझै आकर्षक मूल्यमा आउने भएको हो।
भायानेटका ग्राहकहरूले अब २०० एमबिपिएसको इन्टरनेट प्याकेजको वार्षिक सदस्यता ९९९ रूपैयाँ प्रति महिनाको मूल्यमा पाउनेछन्। १७५+ लाइभ टिभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकहरूले सोही योजनाको भायाटिभी सहितको बन्डल पनि ११०० रूपैयाँ प्रति महिनाको वार्षिक सदस्यतामा लिन सक्नेछन्।
यी दुवै योजनाहरूमा पाँच सय रूपैयाँ थपेर डुअल ब्याण्ड राउटर, निःशुल्क जडान र प्रथम सेट टप बक्स प्राप्त गर्न सकिनेछ। यो प्याकेज मार्फत भायानेटले बिनाटिभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा अत्याधुनिक आइपिटिभी सेवा चाहने दुवै वर्गका ग्राहकहरूको आवश्यकता पूरा गर्ने लक्ष्य राखेको छ।
त्यस्तै, थप बढी स्पिड र थप टिभी सब्स्क्रिब्सन लिन चाहने ग्राहकहरूका लागि भने कम्पनीले दुईवटा भायाटिभी सहित २५० एमबिपिएस र तीनवटा भायाटिभी सहित ३०० एमबिपिएस वार्षिक सदस्यता क्रमशः १२५० रूपैयाँ प्रति महिना र १५०० रूपैयाँ प्रति महिनाको आकर्षक मूल्यमा पाउने व्यवस्था गरेको छ।
कम्पनीले आफ्ना विद्यमान अल्ट्रा-फाई ग्राहकहरूको अल्ट्रा-फाई योजनाहरूमा पनि कम्पनीको नीति अनुसार अपग्रेड गरिसकेको छ। यी परिमार्जनहरूसँगै भायानेटले अल्ट्रा-फाईलाई बजारमा उपलब्ध सबैभन्दा आकर्षक इन्टरनेट योजनाहरूमध्ये एक बनाउने लक्ष्य राखेको छ।