बजारमा स्मार्टफोनको माग बढ्दो छ। विभिन्न स्मार्टफोन कम्पनीहरू ग्राहकहरूको माग र आवश्यकता अनुसार फोन सार्वजनिक गर्ने होडबाजीमा छन्। नयाँ स्मार्टफोन सार्वजनिक गर्दा स्मार्टफोनका विशेषताहरू र अफरहरू सुधार गर्न कम्पनीहरू केन्द्रित छन्।
विभिन्न कम्पनीहरूमध्ये भिभोले पनि आफ्नो नयाँ उत्पादनमा ग्राहकहरूको माग अनुसारको विशेषताहरू समावेश गर्न लागिपरेको छ। बजारमा भिभोको विशेष भी-संस्करण रूचाइएको कम्पनी बताउँछ।
भी संस्करणका स्मार्टफोन लोकप्रिय बनाउने मुख्य विशेषताहरू यस प्रकार छन्ः
उत्कृष्ट फोटोहरूका लागि अब्बल क्यामेरा
भिभोलाई यसको क्यामेरा प्रविधिले अन्य स्मार्टफोनहरू भन्दा भिन्न बनाएको छ । हालै नेपाली बजारमा उपलब्ध भी संस्करणले राम्रा तस्वीरहरू, भिडिओहरू, अल्ट्रा-वाइड ल्यान्डस्केपहरू, सेल्फीहरू खिच्न सकिन्छ।
भी-२३ फाइभजीमा आई अटोफोकस र कस्टमाइज्ड जेएनभी सेन्सरको साथ ५० मेगापिक्सल पाट्र्रेट सेल्फी प्रयोग गरेर हाइपर-क्लियर पाट्र्रेट तस्वीर खिच्न सकिन्छ। यसमा डुअल टोन स्पटलाइट र अगाडि एआई एक्स्ट्रिम नाइट पाट्र्रेट विशेषता छ, जसले अँध्यारो वातावरणमा पनि स्पष्ट फोटो खिच्न सकिन्छ।
भी-२३ फाइभजीमा ६४ मेगापिक्सल जिडब्लू १ सुपर-सेन्सिङ क्यामेरा, ८ मेगापिक्सल वाइड-एंगल क्यामेरा र २ मेगापिक्सल म्याक्रो क्यामेरा सँगै सुपर नाइट मोड छन्।
भी-२३ ई भिभोले सार्वजनिक गरेको एक सर्वोत्कृष्ट मोडल हो। यस स्मार्टफोनमा ५० मेगापिक्सल अटोफोकस पोट्र्रेट सेल्फी क्यामेरा छ जसलाई हाल बजारमा सबैभन्दा शक्तिशाली मानिन्छ। पछाडि भागमा, भी-२३ ई मा ६४ मेगापिक्सल नाइट क्यामेरा, ८ मेगापिक्सल सुपर वाइड-एंगल क्यामेरा र २ मेगापिक्सल म्याक्रो क्यामेराको ट्रिपल क्यामेरा सेटअप छ।
आधुनिक दृष्टिकोणको लागि सर्वोत्कृष्ट डिजाइन
७.३९ एमएम अल्ट्रा स्लिम बडी र मेटल फ्ल्याट फ्रेम डिजाइनमा सुसज्जित भी-२३ फाइभजी विलासिताको प्रतीक हो। यसमा भएको फ्लोराइट एजी ग्लासले सूर्यको किरणमा रंग परिवर्तन गर्छ, जसले फोनलाई अझ बढी आकर्षक बनाएको छ।
७.३६ एमएम अल्ट्रा स्लिम एजी डिजाइनको साथ भी-२३ ई अझ पातलो र हल्का छ। उत्कृष्ट डिजाइन र स्लीक बिल्डको साथ भी-२३ ई फेसन पारखीहरूका लागि उनीहरूको स्टाइलिश पोशाक र सुरुचीपूर्ण लुकलाई समादर गर्छ। भी-२३ ईले सदाबहार उत्कृष्ट डिजाइन र स्टाइलका साथ स्मार्टफोनबाट उपभोक्ताका अपेक्षाहरूलाई पुनः परिभाषित गरेको छ।
प्रबल प्रभावको लागि शक्तिशाली प्रदर्शन
स्मार्टफोनको पर्फमेन्सले त्यसको क्षमताको बारेमा नयाँ निर्णय मेट्रिक्स प्रदान गर्छ। भी-२३ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ९२० प्रोसेसर प्रयोग गरिएको छ। यसमा ९० हर्ज रिफ्रेस रेट डिस्प्ले पाउन सकिन्छ।
दुवै भी-२३ फाइभजी र भी-२३ ई मा ८ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज प्रदान गरिएको छ।
आफ्ना उपभोक्तालाई स्मार्टफोनमा अझ बढी काम गर्न तथा उच्च स्तरको अनुभव प्रदान गर्न भी-२३ ई मा ४४ वाटको फ्ल्यासचार्ज फिचर समावेश गरिएको छ।