हाल स्मार्टफोन व्यक्तित्व झल्काउने माध्यम र जीवनशैलीको एक महत्वपूर्ण हिस्सा बनेको छ। विभिन्न स्मार्टफोन कम्पनीमध्ये भिभोले पनि प्रयोगकर्ताहरूको आवश्यकता अनुरूप नयाँ उत्पादनहरू सार्वजनिक गर्दैछ।
कम्पनीको विभिन्न मोडलमध्ये वाई संस्करणअन्तर्गतको वाई-३३एस बजारमा लोकप्रिय छ। यसले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री जस्ता पक्षहरूको सन्दर्भमा प्रयोगकर्ताहरूको मन जित्न सफल भएको कम्पनी दाबी गर्छ।
वाई-३३एसले मिड-रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा पूरा गर्ने शीर्ष ५ कारणहरू यस प्रकार छन्ः
१. सानदार क्यामेरा सेटअप
वाई-३३ एसमा ५० मेगापिक्सलको रिअर क्यामेरा छ। जसलाई २ मेगापिक्सल बोकेह क्यामेरा र २ मेगापिक्सलको सुपर म्याक्रो क्यामेराले समर्थन गर्छ। यसलाई भिभोको सिग्नेचर डुअल टोन स्टेपमा सुन्दर ढंगले तयार पारिएको छ। जसमा प्रयोगकर्ताहरूले शक्तिशाली इमेजिङ प्रविधिहरूको आनन्द लिन सक्छन्।
यसमा ५० मेगापिक्सल कै रिअर क्यामेरा सेन्सर छ, जसले जुम इन वा क्रप गर्दा पनि तस्वीरको गुणस्तर कम नगरी स्पष्ट तस्वीरहरू खिच्न मद्दत मिल्छ। साथै, भिभोको सिग्नेचर सुपर नाइट एल्गोरिदमले नोइज घटाएर स्पष्ट फोटोहरू खिच्छ।
वाई-३३ एसमा ईआइएस अल्ट्रा स्टेबल भिडिओ पनि समावेश छ, जसले प्रयोगकर्ताहरूलाई मोसन भिडिओ खिच्न सहयोग गर्छ। यसका साथै, भिडियोहरूको लागि फेस ब्युटी र स्मार्ट सम्पादन जस्ता सुविधाहरूले अझ सुन्दर शटहरू लिन सकिन्छ।
यसमा आई अटोफोकस पनि छ जसले उत्कृष्ट पोट्र्रेट फोटो खिच्न सकिन्छ। वाई-३३ एसमा सुपर एचडीआरले रङहरूलाई मिलाउने र छायाँहरूमा विवरणहरू सार्प बनाउँछ।
स्मार्टफोनमा एचडी गुणस्तरको उत्कृष्ट सेल्फीहरूका लागि १६ मेगापिक्सल फ्रन्ट क्यामेरा छ, जसले प्रयोगकर्ताहरूलाई दिनभर विश्वस्त र रेडियन्ट तस्वीर लिन मद्दत गर्छ।
२. प्रिमियम डिजाइनः
वाई-३३ एसले विलासी र प्रिमियम अनुभूतिको साथ स्लिम र ट्रेन्डी डिजाइन दिन्छ। यो १८२ ग्राम तौल भएकोले हलुका छ र बोक्दा आरामदायी अनुमति दिन्छ। क्यामेरा अलाइनमेन्टमा भिभोको डुअल टोन स्टेपले यसको सुन्दरतालाई अझ बढाउँछ। यो स्मार्टफोन मिरर ब्ल्याक (कालो) र, ओरेन्ज र ब्लू (सुन्तले र निलो) ढाँचाको गरी दुईवटा रंगहरू उपलब्ध छन्। वाई-३३ एसको साइड पावर बटन आफैमा एक बलियो फिंगरप्रिन्ट स्क्यानर पनि हो। यसमा फोन अनलक गर्न फेस वेक पनि छ।
३. ब्याट्री ब्याकअपः
वाई-३३ एस मा पाँच हजार एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज समावेश छ। जसले उपभोक्ताको सबै ब्याट्रीसँग सम्बन्धित समस्याहरूलाई समाधान गर्छ। स्मार्टफोनमा तीन शक्तिशाली रणनीतिहरू छन्ः पाँच हजार एमएएच (टाइप) ब्याट्री, १८ वाट फास्ट चार्ज र भिभो इनर्जी गार्डिएन।
यिनीहरूको मद्दतले प्रयोगकर्ताले ठूलो ब्याट्री क्षमताको पूर्ण उपयोग गर्न र कुशल ऊर्जा व्यवस्थापनको मजा लिन फोनलाई छिटो चार्ज गर्न सकिन्छ। स्मार्टफोनमा रिभर्स चार्जिङ सुविधा पनि छ, जसले फोनलाई मोबाइल पावर बैंकमा परिणत गर्छ र अन-द-गो हुने उपभोक्ताहरूका लागि उपयोगी उपकरण बनाउँछ।
४. विशाल स्टोरेजः
यस स्मार्टफोन ८ जिबी र्याम छ, जुन एक्सटेन्डेड र्याम २.० को साथ आउँछ र रोमको निष्क्रिय स्पेस प्रयोग गरेर ४ जिबीसम्म विस्तार गर्न सकिन्छ।
५. उत्कृष्ट डिस्प्लेः
वाई-३३ एसमामा ६.५८ इन्च एफएचडी प्लस इन–सेल डिस्प्ले छ, जसले उज्यालो रङहरू र जीवन्त विवरणहरू प्रदान गर्छ। यस फोनले समग्रमा निर्बाध र उत्कृष्ट अनुभव प्रदान गर्छ र गेम खेल्दा होस् वा चलचित्र हेर्दा, निर्विवाद स्पष्टता प्रदान गर्ने कम्पनी बताउँछ। यसको बिल्ट-इन ब्लू लाइट फिल्टरले प्रयोगकर्ताको आँखालाई सुरक्षा समेत प्रदान गर्छ।
उत्कृष्ट डिजाइन, क्यामेरा सेटअप, शक्तिशाली ब्याट्री र स्टोरेजले वाई-३३ एसलाई मिड-रेन्ज सेगमेन्टमा उच्च रोजाइको स्मार्टफोन बनाएको छ। कम्पनीले वाई-३३ एसको बजार मूल्य जम्मा २९ हजार नौ सय ९९ रूपैयाँ तोकेको छ।