मुलुकको अर्थतन्त्र तीब्र रूपमा डिजिटाइजेसन तर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभ सुरू हुन लागेको छ।
ब्राण्डवर्थ प्रालिको आयोजनामा होटल सोल्टीमा कार्यक्रम सुरु हुन लागेको हो। कन्क्लेभको मुख्य उद्धेश्य कोभिड-१९ प्रभावबाट सामान्यकृत हुँदै गएको आर्थिक गतिविधि र जनजीवनमा डिजिटाइजेसनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तिका लागि प्रयोग गर्न सकिन्छ भन्ने रहेको छ।
कन्क्लेभको दोस्रो संस्करणमा ‘बदलिदो समय, बदलिदो अर्थतन्त्र’, ‘सधैका लागि प्रभाव’, ‘नेपालः सानो बजार कि असिमित सम्भावना?’ तथा ‘हामीसँग नेपाली युनिकर्न पहिचान कहिले हुनेछ?’ विषयमा विभिन्न चार वटा सत्रहरूमा बृहत् अन्तर्क्रिया र बहस हुनेछ।
यी सत्रहरूमा नेपाली डिजिटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरू, नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधीहरूको सहभागिता रहनेछ।