इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आफ्नो २०२२ को नयाँ लाइनअपअन्तर्गत स्वचालित फ्रन्ट लोड वासिङ मेसिनहरु ल्याएको छ। यी नयाँ एआई इको बब्बल वासिङ मेसिनमार्फत सहज रुपमा कपडा धुन सकिन्छ।
उपभोक्ताहरुको चाहनाअनुसार आठ केजी र नौ केजीसम्म क्षमता युक्त मोडल ल्याएको कम्पनीले बताएको छ।
२०२२ का वासिङ मेसिनहरु चार नयाँ मोडमा उपलब्ध छन्। यी मोडलहरुमा एआइ कन्ट्रोल, इकोबब्बल टेक्नोलोजी र हाइजिन स्टिमजस्ता विशेषताहरु छन्।
यी मेसिनहरुमा हाइजिन स्टिम प्रविधिका कारण कपडामा गढेको मैला सहजै सफा हुन्छ। यसबाट ९९.९ प्रतिशत एलर्जि जीवाणुहरु हटाउन मद्धत पुग्ने दावी कम्पनीको छ।
एआइ इकोबब्बल नेपालको पहिलो वासिङ मेसिन भएको पनि कम्पनीको दावी छ।
सामसङका यी वासिङ मेसिनहरु नेपालभरका सबै खुद्राबिक्री साझेदारहरु, सामसङको आधिकारिक वितरक, हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारमार्फत् उपलब्ध हुनेछन्। मेसिनको शुरूआती मूल्य एक लाख १७ हजार ९९० रुपैयाँ छ।
यसमा वर्षको वारेन्टी र डिटिआइ मोटरमा १० वर्षको वारेन्टी दिने कम्पनीले बताएको छ।
सामसङ स्मार्ट प्लाजाहरुबाट शून्य लागत मासिक किस्ताबन्दीमा पनि लिन सकिन्छ।