नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ई-सेवा मार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रूपैयाँसम्म क्यासब्याक पाइने भएको छ।
ई-सेवा मार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधितम एक हजार रूपैयाँसम्म क्यासब्याक पाइने भएको हो। यस्तो क्यासब्याक ४८ घण्टा भित्र पाइने छ। यस किसिमको क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने मितीबाट ७ दिनसम्म प्रिमियम भुक्तानी गर्दा पाइनेछ।
यसरी भुक्तानी गर्दा ई-सेवाले हाल इन्स्योरेन्सको शुल्क भुक्तानीमा सुरू गरेको लखपति योजनामा पनि सहभागी हुन सकिनेछ। यस योजनामा हरेक दिन एक जनाले एक हजार र बम्पर उपहारमा एक लाख रुपैयाँ जित्न सकिनेछ। साथै, मेटलाइफका कुनै पनि शाखा कार्यालयका काउण्टरबाट ई-सेवा तथा फोनपेको क्यूआर मार्फत पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ। हाल ई-सेवाबाट सबै बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्न सकिन्छ।
देशभर एक लाख ५० हजारभन्दा बढी एजेन्ट (ई-सेवा जोन तथा पोइन्ट) रहेको ई-सेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रूपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन्। ई-सेवाको मोबाइल एप्स डाउनलोड गर्नेको संख्या पनि करिब ६५ लाख पुगिसकेको छ। ई-सेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ।
यस्तै, १ सय ५३ वर्ष पुरानो अमेरिकन लाइफ इन्स्सोरेन्स कम्पनीको शाखाका रूपमा नेपालमा मेटलाइफले सन् २००१ देखि सेवा दिँदै आएको छ। विश्वका ४० देशमा अमेरिकन लाइफ इन्स्योरेन्स्का शाखा रहेका छन्।
नेपाली बीमा बजारमा मेटलाइफले हरेक समय नयाँ र सर्वसाधारणका लागि उपयोगी जीवन बीमा योजना सञ्चालन गर्दै आएको छ। नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरूलाई जीवन बीमा, दुर्घटना बीमा तथा स्वास्थ बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरू उपलब्ध गराउँदै आएको छ।