समयसँगै तीव्र रूपमा स्मार्टफोनले पनि फड्को मारेको छ। यी फोनहरूमा स्मार्ट क्यामेराको विकाससँगै व्यावसायिक गुणस्तरका तस्बिरहरू सहजै कुनै पनि ठाउँबाट खिच्न सकिने भएको छ।
स्मार्टफोनमा एआई सञ्चाचालित स्मार्ट विशेषताहरू समावेश छन्, जसले वातावरणको पहिचान गर्दै नोइज हटाउन, पर्याप्त प्रकाश मिलाउन तथा सुधार गर्न, सार्पनेश मिलाउँदै फ्रेममा कुनै पनि अनावश्यक वा धमिलो तत्वहरू हटाएर फोटोहरूलाई स्वचालित रूपमा सुधार गर्न सक्षम बनाउँछ।
स्मार्टफोनले पृष्ठभूमिको विश्लेषण र पहिचान गर्न, व्यक्ति र वस्तुहरू पहिचान गर्न एआई एल्गोरिदम प्रयोग गर्छ। यसले विषयलाई फरक बनाउन र दृश्यलाई तीव्र रूपमा सुधार गर्न ब्लर जस्ता विभिन्न मोडहरू र विशेषताहरू सुझाउँछ।
विभिन्न मोबाइल उत्पादन कम्पनीमध्ये भिभो एक ग्लोबल टेक्नोलोजी ब्रान्ड हो, जुन ग्राहक केन्द्रीत नवीनताप्रति प्रतिबद्ध छ। यसै प्रतिबद्धतामा अडिएर भिभोले सुलभ तथा प्रिमियम सिरिज स्मार्टफोन पोर्टफोलियोमा एआई क्यामेरा टेक्नोलोजी प्रदान गर्दै आएको छ।
एआई क्यामेरा एल्गोरिदमले विषयलाई पृष्ठभूमिबाट छुट्याउँछ र सनसेट, म्याक्रो, ल्यान्डस्केप, पोट्र्रेटलगायत धेरै इनबिल्ट प्रिसेट दृश्यहरू प्रदान गर्छ, जसले प्रकाश र अन्य कारकहरूमा आधारित वातावरणको आकंलन गर्दै प्रयोगकर्ताहरूलाई एकै पटकमा राम्रो फोटो खिच्न मद्दत गर्छ।
भिभो प्रायः उत्कृष्ट क्यामेरा र आकर्षक डिजाइनका लागि परिचित छ, जसकारण स्मार्टफोन उत्साहीहरूको मन जित्न सफल भएको कम्पबी दाबी गर्छ। भिभोका सबै स्मार्टफोनहरू उत्कृष्ट विशेषता र आकर्षक डिजाइनमा निर्मित छन्। यसका साथै, उत्कृष्ट प्रविधिहरू समावेश गर्दै स्लिक डिजाइनको स्मार्टफोन निर्माण गर्ने भिभो पहिलो कम्पनी हो।
सन् २०१२ मा भिभोले पहिलोपटक विश्वको सबैभन्दा पातलो स्मार्टफोन एक्स-१ सार्वजनिक गरेको थियो। यो फोन जम्मा ६.५५एमएम मोटो थियो। यो डेडिकेटेड हाई-फाई गुणस्तर अडियो चिप राख्ने विश्वको पहिलो स्मार्टफोन थियो। सन् २०१४ मा भिभोले एक्स-५ म्याक्स सार्वजनिक गर्यो, जसको मोटाई ४.७५ एमएम थियो। यो अहिले पनि विश्वको सबैभन्दा पातलो फोन हो।
यस्ता रोचक आउटलुकहरू, विशेषताहरू र उत्कृष्ट डिजाइनहरूका साथ, भिभोले आफ्नो उपकरणहरूमार्फत ग्राहकहरूलाई सुविधा प्रदान गर्दैछ।