चिनियाँ स्मार्टफोन ब्राण्ड अनरले नेपाली बजारमा आगामी साता एक्स सिरिजका नयाँ स्मार्ट फोन सार्वजनिक गर्ने भएको छ। अनरले नेपालमा तीन मोडलका स्मार्ट फोन सार्वजनिक गर्न लागेको हो।
अनर एक्स७, एक्स८ र एक्स९ सार्वजनिक गर्ने कम्पनीले बताएको छ। अनरको नेपालका लागि आधिकारिक बिक्रेता सेलट्रोन हो।
अनर एक्स सिरिजमा नवीनतम क्वालालम चिपसेट रहेको छ। त्यस्तै फोनमा अत्याधुनिक क्यामरा जडान गरिएको कम्पनीले बताएको छ। अहिलेको युवा पुस्ताको मागअनुसारको फोन भित्र्याउन लागेको कम्पनीको दावी छ।
यो सिरिजका फोनहरुमा लामो समय टिक्ने ब्याट्री राखिएको छ। ब्याट्री छिटो चार्ज हुने विशेषता छ।
अनर एक्स७को ६४ इन्चको डिस्प्ले छ। यसमा ४८ मेगापिक्सेलको मुख्य क्यामरा छ। त्यस्तै ५ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सलको डेप्थ सेन्सर छ। ८ मेगापिक्सेल सेल्फी क्यामेरा रहेको कम्पनीले बताएको छ।
यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ। ४ जिबी र्याम र १२८ जिबी इन्टर्नल स्टोरेज छ यसको मूल्य २५ हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ।
त्यस्तै अनर एक्स८ को डिस्प्ले पनि ६.४ इन्च छ। यसमा क्वालकम एसएम ६२२५ स्नापड्रागन ६८० चिपसेट छ।
.यसमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको डेप्थ सेन्सर छ। यसमा १६ मेगापिक्सेल सेल्फी क्यामरा छ।
यो फोनमा ४००० एमएएच क्षमताको ब्याट्री छ। ६ जिबी र्याम र १२८ जिबी इन्टर्नल स्टोरेज भएको यो फोनको मूल्य ३१ हजार रूपैयाँ पर्ने अनुमान छ।
अनर एक्स९ मा ६.८१ इन्चको डिस्प्ले छ। यो फोनमा क्वालकम एसएम ६२२५ स्नापड्रागन ६८० चिपसेट छ। एन्ड्रोइड भर्जन ११ द्वारा सञ्चालित यो फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामरा छ। त्यस्तै ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको डेप्थ सेन्सर छन्। १६ मेगापिक्सेल सेल्फी क्यामरा राखिएको छ।
यसमा ४८०० एमएएच ब्याट्री क्षमता छ। यसका ८ जिबी र्याम र १२८ जिबी इन्टर्नल स्टोरेज छ। यो फोनको मूल्य ३९ हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ।