ओपो ए१६केको मूल्य घटेको छ। ग्राहकहरुको सन्तुष्टिलाई ध्यानमा राख्दै कम्पनीले मूल्य घटाएको हो।
यो ओपोको ए सिरिजअन्तर्गत पछिल्लो स्मार्टफोन ए१६के मार्च २०२२ मा नेपालमा सार्वजनिक गरिएको थियो।
ओप्पो ए१६केले ओपोथ्री डी स्लीक डिजाइन, उत्पादन प्रक्रिया, स्टाइलिस र टिकाउ उपकरण उत्पादन गर्ने ए-सिरिजको परम्परालाई निरन्तरता दिईरहेको कम्पनीको भनाई छ।
यो फोन १६.६५ से.मि ( ६.५२”) एच्डी वाटरड्रप स्क्रिन र १६००X७२० डिस्प्लेको साथ अपग्रेड गरिएको छ। यसमा ४२३० एमएएच् लङ-लास्टिङ ब्याट्रीको राखिएको छ। फाइभएक्स डिजिटल जुम छ। फाइभ मेगापिक्सेल फ्रन्ट क्यामरा छ। त्यस्तै १३ एमपी रियर क्यामरा छ।
यो फोनकोे मुनलाइट डिस्प्ले, सनलाइट डिस्प्ले र एआई स्मार्ट ब्याकलाइर्टले दिनभरी प्रयोगकर्ताको आँखाको ख्याल राख्छ।
अब यो फोन किन्दा प्रत्येकमा दुई हजार रुपैया बचत हुने भएको छ। ४जिबी +६४ जिबीको यो फोनको पहिलेको मूल्य १९ हजार नौ सय ९० रुपैयाँ हो। अब १७ हजार नौ सय ९९ रुपैयाँमा आउने कम्पनीले बताएको छ।