इन्टरनेशनल डेटा कर्पोरेशनको वर्ल्डवाइड क्वाटर्लि मोबाइल फोन ट्र्याकर, क्युवान २०२२ को विज्ञप्तिअनुसार रेड्मी नोट ११ नेपालको नम्बर एक स्मार्टफोनमा परेको छ।
शाओमीले लामो सयदेखि लगातार नेपाली बजारमा शीर्ष स्मार्टफोन कम्पनीका रूपमा आफ्नो स्थान कायम गर्दै आएको छ।
रेड्मी नोट ११ का साथै, रेड्मी १० प्राइम २०२२ र रेड्मी ९ए पनि शीर्ष स्थानमा रहन सफल भएको कम्पनीले बताएको छ।
रेड्मी नोट ११, शाओमी १२ सिरिज जस्ता उत्पादनहरुको लन्चको कारण ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको कम्पनीको भनाई छ।
शाओमीलेएस एक एक्टिभ,वाच लाइट, टिभी स्टिक, मी ट्रिमर, मीस्मार्ट ब्यान्ड ब्यान्ड छ, र रेड्मीसोनिक बास वायरलेस इयरफोन, पावरब्यान्कलगायत ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि नेपालमा लन्च गरेको छ।
शाओमीले देश भर तीन हजारभन्दा बढी अफलाइन पार्टनर स्टोर र १५भन्दा बढी अधिकृत स्टोरहरू स्थापना गरेको छ। कम्पनीको हाल नेपालका विभिन्न स्थानहरुमा एक वितरण नेटवर्क छ।