यही असार १ गतेदेखि असार ३२ गतेसम्म लागू हुने गरी कनेक्ट आइपिएसले बैंक वित्तीय संस्थाका ग्राहकहरूलाई प्रणालीमा आबद्ध हुन कनेक्ट आइपिएस इलेक्ट्रिफाइङ अफर ल्याएको छ।
यस अफरअन्तर्गत बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले कनेक्ट आइपिएसमा अनलाइन रजिष्टर गरी, आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बर तथा इमेल भेरिफाई गराउँदा सोही मोबाइल नम्बरमा ५० रुपैयाँको रिचार्ज पाउन सक्नेछन्।
त्यसैगरी, अफरको अन्त्यमा इलेक्ट्रिक स्कुटर (विद्युतीय स्कुटर) जित्ने एक जना भाग्यशाली विजेताको घोषणा एनसिएचएलको आधिकारिक पेजबाट गरिने बताइएको छ।
बैंकका ग्राहकहरूले कनेक्ट आइपिएसमाको वेबसाइट अथवा यसको मोबाइल एप मार्फत रजिष्टर गर्न सक्छन्। यो अफर कनेक्ट आइपिएसमा नयाँ रजिष्ट्रेसन गर्ने बैंक तथा वित्तीय संस्थाका ग्राहकका लागि मात्र लागू हुनेछ।
सोझै बैंक खाताबाट फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानी गर्न सकिने गरी बैंक वित्तीय संस्थाका ग्राहकहरूलाई उपलब्ध रहेको कनेक्ट आइपिएस एक भन्दा बढी बैंक खाता लिंक गर्न सकिने प्ल्याट्फर्म हो। यसले दैनिक औसत १०.८ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट गर्ने गरेको छ।