नेपाली बजारमा शाओमीका उत्पादनहरूले विशेष स्थान पाएको छ। यसका स्मार्टफोन युवा पुस्तामाझ लोकप्रिय छ। यसबाहेक शाओमीको ल्यापटपको माग पनि बढ्दो रहेको शाओमी नेपालका लागि महाप्रबन्धक अमित कुमार पन्डा बताउँछन्।
शाओमीले हालै बजारमा एमआई नोटबुक र रेड्मी बुक सार्वजनिक गरेको छ। यसै सम्बन्धी महाप्रबन्धक अमीत कुमार पन्डासँगको कुराकानी यस्तो छः
१. नेपालमा शाओमीको अहिलेसम्मको यात्रा कस्तो रह्यो?
शाओमीले छोटो समयमै नेपाली बजारमा ग्राहकहरूको विश्वास जित्न र एक अग्रणी कम्पनीका रूपमा आफ्नो स्थान कायम गर्न सफल भएको छ। शाओमीले उचित मूल्यमा उत्कृष्ट विशेषता भएका उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ।
यसै कारण हामी यो अत्यधिक प्रतिस्पर्धी स्मार्टफोन बजारमा टिक्न सक्षम छौं। हाम्रा एमआई फ्यानहरूको साथले नै उचित मूल्यमा उच्च गुणस्तरका सामानहरू बिक्री गर्ने विश्वास योग्य ब्रान्डका रूपमा रहन मद्दत पुर्याएको छ। त्यसैले पनि मलाई यो टोलीको सदस्य हुन पाउँदा निकै खुसी लागेको छ।
२. शाओमीले भर्खरै बजारमा एमआई नोटबुक र रेड्मी बुक सार्वजनिक गरेको छ। यस सन्दर्भमा बजारमा अहिलेसम्म यसको प्रतिक्रिया कस्तो छ?
शाओमी फ्यान र हाम्रा उपभोक्ताहरूले हाम्रो उत्पादनहरूलाई मनपराइ दिनुभएकाले र नवीनतम प्रविधिहरू प्रयोग गर्न उत्सुक हुनु भएकै कारण हामीले हाम्रो पोर्टफोलियो विस्तार गरेका हौं। हामीले हालै एमआई नोटबुक र रेड्मी बुक सिरिज उपलब्ध गराएका छौं, जसले प्रयोगकर्ताहरूलाई उच्चतम गति र अतुलनीय कार्यसम्पादन प्रदान गर्ने विश्वास राखेका छौं।
३. नेपालमा शाओमीको ल्यापटपहरू इकोसिस्टम क्याटगोरीमा लन्च भएकामा के भन्न चाहनुहुन्छ?
हाम्रा नवीनतम प्रविधिका उत्पादनहरू जस्तै पावर बैंक, इयरबड, फिटनेस ब्यान्ड, स्मार्टवाच र स्मार्ट टिभी इत्यादि अझै धेरै उपभोक्ताहरू सामु पुर्याउने हाम्रो लक्ष्य छ। त्यसका लागि हामीले हाम्रो फोन-प्लस स्ट्राटेजी र अन्य इलेक्ट्रोनिक्स सामग्रीको क्याटगोरीमा गहिरो अध्ययन गरेका छौं। हामीले बजारमा ल्याएको एमआई नोटबुक र रेड्मी बुक सिरिज दुवैले ग्राहकहरूको अपार माया र साथ पाइरहेका छन्।
४. एमआई नोटबुक सिरिज र रेड्मी बुक सिरिजमा के कस्ता भिन्नताहरू छन्?
प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित, अतुलनीय स्पीड, पर्फमेन्स र मिडिया अनुभवहरू प्रदान गर्ने एमआई नोटबुक अल्ट्रा र एमआई नोटबुक प्रो सरल डिजाइन र अत्याधुनिक प्रविधिको प्रयोग गरी डिजाइन गरिएको छ।
त्यसैगरी, आधुनिक डिजाइन, बलियो र गुणस्तरीय निर्माण भएको यो रेड्मीबुक सिरिजमा १५.६ इन्चको एफएचडी डिस्प्ले, ११ औं जेन एनटेल कोर टिएम प्रोसेसर, ८ जिबी डिडिआर४ ३२०० एमएएच र्याम छ जसले मल्टिटास्करहरूलाई अप्टिमाइज्ड स्पेसिफिकेशनहरू साथ लगातार ११ घण्टा सम्मको ब्याट्री ब्याकअप प्रधान गर्छ।
५. के तपाईं दुवै सिरिजका विशेषताहरूबारे थप जानकारी दिन सक्नुहुन्छ?
एमआई नोटबुक सिरिजका ल्यापटपहरू एमआई ट्रुलाइफ प्लस र ट्रुलाइफ डिस्प्लेको साथ एरोस्पेस ग्रेड सिरिज ६, एल्युमिनियम बडी, दिनभरि टिक्ने ब्याट्री ब्याकअप, टाइप-सी चार्जिङ पोर्ट लगायत विशेषताहरूले भरिएका छन्। फास्ट चार्ज, र थन्डरबोल्ट ४ तथा ब्याकलिट किबोर्डको साथ उपलब्ध छ।
यसबाहेक, अल्ट्रा-लाइट र पोर्टेबल यी ल्यापटपहरूमा इनटेल आइरिस एक्सई ग्राफिक्सको साथ नवीनतम ११ औं जेन इनटेल कोर टिएम प्रोसेसरहरू छन्। जसमा १६ जिबीसम्म डिडिआर४ र्याम र ५१२ जिबी एनभी एमइ एसएसडी स्टोरेज रहेको छ।
हाम्रो उपभोक्ताहरूलाई उहाँहरूको दैनिक जीवनमा कार्य सम्पादन गर्न सहज होस् भन्नका लागि हामीले पर्फमेन्समा केन्द्रित र पोर्टेबल रेड्मी बुक लन्च गरका हौं। प्रिमियम डिजाइन र उत्कृष्ट पर्फमेन्स भएका यी ल्यापटपहरू आधुनिक काम गर्ने-सिक्ने शैलीमा कार्यरत प्रयोगकर्ताहरूका लागि उत्तम विकल्प हो।
६. शाओमी फ्यानहरूले आउने दिनहरूमा नयाँ उत्पादनहरू अपेक्षा गर्न सक्छन्?
म हाम्रा सबै शाओमी उपभोक्ताहरूलाई उहाँहरूको माया र साथका लागि धन्यवाद दिन चाहन्छु। र, हामी शाओमी इकोसिस्टममा छिट्टै अन्य धेरै उत्पादनहरू लन्च गर्नेछौं भन्ने कुरामा आश्वस्त रहन आग्रह गर्छु। हामीले भर्खरै फिटनेस एन्थुजियास्टहरूका लागि डिजाइन गरिएको रेड्मी स्मार्ट ब्यान्ड प्रो र शाओमी वाच एस १ एक्टिव र हाम्रो स्मार्ट उपकरण एमआई होम सेक्युरिटी क्यामेरा ३६० डिग्री जस्ता उत्पादनहरू सार्वजनिक गरेका छौं।