एमबिबिएस प्रवेश परीक्षाको तयारीको लागि मिदासले अनलाइन कक्षा सुरू गरेको छ। दुई दशकदेखि डिजिटल शिक्षामा काम गर्दै आएको मिदास एजुकेसनले उच्चतम प्रविधि प्रयोग गरेर विद्यार्थीहरूलाई न्यून शुल्कमा एमबिबिएस प्रवेश परीक्षाको तयारी गर्न पाउने व्यवस्था गरेको हो।
मिदास ई-क्लासमा एमबिबिएसका साथै बिडिएस, बिएससी नर्सिङ, बि पर्फ्युजन प्रविधि, बिएएमएस, बि फार्मेसी, बिपिएस, बि ओपोमेट्री, बिएससी एमएलटी, बिएमआइटी र बिपिटीको पनि प्रवेश परीक्षाको अनलाइन कक्षा हुन्छ।
प्रवेश परीक्षा तयारीका लागि मिदास ई-क्लासबाट पढ्दा समयको सदुपयोग हुनुका साथै अनुभवी र उत्कृष्ट शिक्षकहरूबाट प्रविधिको प्रयोगमा पढ्न सकिने मिदासको दाबी छ। यसबाहेक शिक्षकले कक्षामा पढाएको नबुझेमा रेकर्ड गरेर राखिएको भिडिओमार्फत दोहोर्याएर वा फेरि-फेरि पढ्न सकिने व्यवस्था छ।
मिदास ई-क्लासमा एमबिबिएस प्रवेश परीक्षामा पहिले सोधिएका र हरेक पाठबाट आउन सक्ने एघार हजारभन्दा बढी प्रश्न- उत्तरहरू छन्। जसलाई विद्यार्थीहरूले अभ्यास गर्न सक्छन्। उक्त अनलाइन कक्षामा पढ्दा कुनै विषयमा अलमलिएमा तुरुन्तै शिक्षकहरूलाई सोध्न सकिने समेत व्यवस्था मिलाइएको छ।
मिदास ई-क्लासमा विद्यार्थीहरूले आफूले पढेको वा अभ्यास गरेको पाठ छानेर जतिबेला पनि स्वःमूल्यांकन र समीक्षा गर्न पाउने प्रविधि उपलब्ध गराइएको छ। यसले गर्दा पनि विद्यार्थीहरूलाई सहज हुन्छ।
मिदास ई-क्लास विद्यार्थीहरूले ल्यापटप वा एनरोइड फोन/ट्याबलेटबाट सहजै प्रयोग गर्न सक्छन्।