ई-सेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको युएईस्थित लुलु इन्टरनेसनल एक्सचेन्जबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ।
यस सम्झौतासँगै युएईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाह लगायत युएई का सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीहरूले लुलु इन्टरनेसनल एक्सचेन्जका मार्फत नेपालमा रेमिटेन्स पठाउन सकिनेछ।
उनीहरूले युएई भरी रहेका लुलुका ८४ वटा शाखामध्ये कुनै पनि शाखामा गई ई-सेवा मनी ट्रान्सफरको माध्यमबाट नेपालमा पैसा पठाउन सक्नेछन्। यसका साथै, लुलु इन्टरनेशनल एक्सचेञ्जको मोबाइल एप (लुलु मनी) मार्फत पनि छिट्टै नेपालमा पैसा पठाउन सक्नेछन्।
लुलु इन्टरनेशनल एक्सचेञ्जका शाखाबाट नेपालमा पैसा पठाउँदा, पठाउने व्यक्तिले ६० भन्दा धेरै बैंकका खातामा सिधै रकम पठाउन सकिनेछ भने ६० लाखभन्दा बढी प्रयोगकर्ता रहेकोे ई-सेवा वालेटमा पनि सोझै रकम पठाउन सकिनेछ। साथै, लुलु इन्टरनेशनल एक्सचेञ्ज हुँदै युएईबाट पठाएको रेमिटेन्स, नेपालका अधिकांश ठाउँमा रहेका ई-सेवा मनी ट्रान्सफरका रकम भुक्तानी केन्द्र तथा ई-सेवाका क्यास प्वाइन्ट मार्फत पनि रकम झिक्न सकिनेछ।
यसका साथै, पठाएको नगद रेमिटेन्स भुक्तानी केन्द्रमा नगई सोझै ई-सेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रुपैयाँ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ। यसैगरि हाल ई-सेवा मनी ट्रान्सफरको 'रेमिटोत्सव' योजना चलिरहेको हुनाले युएईस्थित नेपालीहरूले लुलु इन्टरनेशनल एक्सचेञ्जबाट ई-सेवा मनी ट्रान्सफर मार्फत नेपाल रकम पठाई दैनिक पाँच हजार रुपैयाँ तथा बम्परमा पचाँस हजार रुपैयाँ समेत जित्न सकिनेछ।
रेमिटेन्स भुक्तानी सम्बन्धि सम्झौता पत्रमा ई-सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र लुलु इन्टरनेसनल एक्सचेन्जका तर्फबाट सहायक प्रमुख थम्पी सुदर्शननले हस्ताक्षर गरेका हुन्।
सम्झौता पछि ई-सेवा मनी ट्रान्सफरका सिइओ अजेस कोइरालाले भने, 'ई-सेवा मनी ट्रान्सफर र लुलु इन्टरनेशनल एक्सचेञ्जबीचको यस सम्झौताले युएईबाट नेपाल रेमिटेन्स भुक्तानी सेवालाई थप सहजता प्रदान गर्ने सुनिश्चित छ। डिजिटल माध्यमबाट बैंक तथा ई-सेवा वालेटमा पनि पैसा पठाउन मिल्ने भएकाले धेरै जसो नेपालीहरूले लुलु एक्सचेन्ज बाट ई-सेवा मनी ट्रान्सफरमार्फत नेपाल पैसा पठाउने कुरामा हामी विश्वस्त छौँ।'
लुलु इन्टरनेसनल एक्सचेन्ज विदेशी मुद्रा एक्सचेन्ज र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको युएईस्थित गैर बैंकिङ मुलक वित्तिय संस्था हो। यसका युएई भर ८४ शाखा छन् भने प्रधान कार्यालय अबुधाबीमा छ। हाल यसले संसारका अधिकांश मुलुकमा विदेशी मुद्रा एक्सचेन्ज र मनी ट्रान्सफरको सेवा प्रदान गरिरहेको छ।
ई-सेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ई-सेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरू र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ। ई-सेवा मनि ट्रान्स्फरले आफ्ना सेवाग्राहीहरूलाई १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा ई-सेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त ई-सेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।