नेपाली बजारमा पर्पलको नयाँ ब्लुटुथ कलिङ स्मार्टवाच सार्वजनिक भएको छ। आफ्ना साथीहरू र परिवारलाई कल गर्न मिल्ने पर्पल केडब्लु१०५ स्मार्टवाच शारदा ग्रुपको भगिनी कम्पनी आइओटी इनकर्पोरेटेडले गत मंगलबार सार्वजनिक गरेको हो।
पर्पल केडब्लु१०५मा १.६९ इन्चको टिएफटी डिस्प्ले छ। यसमा २५६ केबी र्याम छ भने यसमा फ्ल्यास ६४ एमबी दिइएको छ। यसमा २८० एमएएच, ३.८ भी लिथिएम पोलिमर ब्याट्री क्षमता छ। यो स्मार्टवाच आइपी-६८ वाटरप्रुफ छ।
पर्पल केडब्लु१०५मा अंग्रेजी, चाइनिज, जर्मन, कोरियन, जापानिज लगायत गरी १३ विभिन्न भाषा छ। यो घडीमा ६० वटा स्पोर्ट मोड छन् भने पेडोमिटर, हृदय गति, क्यालोरी, रक्तचाप, श्वास प्रशिक्षणलगायत स्वास्थ नाप गर्न मिल्ने विशेषताहरू पनि छन्।
कम्पनीले पर्पल केडब्लु१०५ स्मार्टवाचमा पप-अप रिमाइन्डर, वाटरप्रुफ स्पिकर, एआई असिस्ट वेक-अपलगायत विशेषताहरू छन्। कम्पनीले यसको मूल्य ७ हजार चार सय ९९ रुपैयाँ तोकेको छ।
कम्पनीका प्रबन्ध निर्देशक नितेश कुमार मुन्द्राका अनुसार यो स्मार्टवाचमा कम्पनीले एक वर्षको वारेन्टी प्रदान गरेको छ। यो पर्पल केडब्लु१०५ स्मार्टवाच दराज र यसकार्टमा उपलब्ध छ।