फोनपे पेमेन्ट सर्भिसले डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले 'फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ' अभियान सुरू गरेको छ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपे मार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्तै, अन्तर-बैंक कारोबार मार्फत् रकम पठाउन सकिन्छ।
नेपाल राष्ट्र बैंकबाट नेपालको पहिलो अनुमति प्राप्त पेमेन्ट सिस्टम अपरेटर तथा डाइभर्सिफाइड डिजिटल फाइनान्सियल सर्भिस (डिएफएस) होल्डिङ कम्पनी फोनपेले निरन्तर रुपमा रूपमा डिजिटलाइजेसनको वृहत् पहुँचलाई आत्मसाथ गर्दै मानव जीवनलाई र सहज बनाउने किसिमका सेवा सञ्चालन गर्दै आएको छ।
प्रविधि-सञ्चालित तथा ग्राहक-केन्द्रीत दृष्टि कोणबाट वित्तीय सेवाहरूलाई सरल, पहुँचयोग्य र किफायती बनाउँदै फोनपेले निरन्तर रूपमा दुई पक्षहरू बीचको वित्तीय कारोबारलाई सरल र सहज बनाउन थप परिष्कृत तरिकाहरू उपलब्ध गराउँदै आएको छ।
फोनपे डाइरेक्ट फोनपेको डिजिटल कारोबारको इकोसिस्टम अन्तर्गतको अर्को नवीन सेवा हो । यहाँ मोबाइल बैंकिङ एपमार्फत् सहज एवम् सुरक्षित रुपमा रकम भुक्तानी तथा प्राप्त गर्न सकिन्छ। पैसा पठाउनको लागि पैसा पठाउने व्यक्तिले आफ्नो मोबाइल बैंकिङ एप लग-इन गर्नुपर्छ।
लग-इन गरेपछि 'सेण्ड मनी' विकल्पमा गई फोनपे डाइरेक्टलाई छनौट गरी पठाउन चाहेको रकम, प्राप्त गर्ने व्यक्तिको खाता भएको बैंकको नाम तथा खातामा लिंक भएको मोबाइल नम्बर राखेर पठाउन सकिन्छ।
यो 'पैसा पठाऔं ठाउँको ठाउँ' अभियानले यसको वृहत् फिनटेक नेटवर्क मार्फत रकम स्थानान्तरणलाई सहज एवम् सुव्यवस्थित गर्न सक्ने अपेक्षा कम्पनीको छ। पैसा पठाउन वा अन्य कुनै पनि भुक्तानी गर्न अपनाइने परम्परागत जटिलतालाई यसले कम गर्छ।
यसका अतिरिक्त, मोबाइल बैंकिङ एपबाट रकम स्थानान्तरण गर्दा समेत कहिलेकाहीँ बैंकको खाता सही नभएको, बैंक शाखा विवरणहरू उपलब्ध नभएको, खातावालाको नाम, आदि जस्ता कुराहरू नमिल्दा रकम पठाउन सकिदैँन। तर फोनपेले यस्ता सम्पूर्ण समस्याहरूलाई समाधान गर्छ।
फोनपे डाइरेक्टबाट पैसा पठाउनको लागि बैंक खाता नम्बरको आवश्यकता पर्दैन। र, यो केवल मोबाइल नम्बर र बैंकको नामबाट पैसा पठाउन सकिन्छ।
फोनपे नेटवर्कमा आवद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्युआर मार्फत भुक्तानी गर्न सकिन्छ। साथै, फोनेमार्फत अन्तर बैंक फण्ड ट्रान्स्फर, हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ।
फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन्।
त्यस्तै, फोनपेमा हालसम्म ८ लाख भन्दा बढी मर्चेन्ट छन्। एक करोड ५० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ।