सामसङले नेपाली बजारमा नयाँ ग्यालेक्सी एफ-१३ सार्वजनिक गरेको छ।
ग्यालेक्सी एफ-१३ मा ६.५४ इन्चको एफएचडी प्लस डिस्प्ले छ भने ६ हजार एमएएच ब्याट्री क्षमता दिइएको छ। यसले १५ वाटको फास्ट चार्जरलाई समर्थन गर्छ।
यो नयाँ फोनमा आविष्कारी अटो डेटा स्वीचिङ विशेषता पनि दिइएको छ। यसमा भएको ८ जिबी र्याम र र्याम प्लस विशेषताले गेमिङ अनुभव लगायतलाई थप बढावा दिन्छ। यसमा अक्टा-कोर एक्जीनस ८५० प्रोसेसर जडित छ। यसको स्टोरेज क्षमता १ टिबीसम्म बढाउन सकिन्छ।
ग्यालेक्सी एफ-१३ मा ५० मेगापिक्सलको ट्रिपल रिअर क्यामेरा दिइएको छ। यसका साथै फोनमा भएको अल्ट्रा वाइड क्यामेराले १२३ डिग्रीको दृश्यहरू कैद गर्न सकिन्छ। यसमा ८ मेगापिक्सलको सेल्फी क्यामेरा दिइएको छ।
नेपाली बजारमा सामसङ ग्यालेक्सी एफ-१३ वाटरफल ब्लु (निलो), सनराइज कप्पर र नाइटस्ककाई ग्रीन (हरियो) रंग विकल्पमा उपलब्ध छन्। कम्पनीले ४ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेजको भएको नयाँ 'ग्यालेक्सी एफ-१३ को बजार मूल्य २३ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ।
'ग्यालेक्सी एफ-१३ उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको छ। यसको विशेषतहरूले उपभोक्ताको आवश्यकता पूरा गर्नेमा हामी विश्वस्त छौं,' सामसङ नेपालको निर्देशक प्रणय रत्न स्थापतिले नयाँ फोन सार्वजनिक गर्दै भने।