एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रिनबेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रिनबेल्टको मंगलबार उद्घाटन गरिएको छ।
एनसेलले वन तथा भू-संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वरदेखि कलंकी सडक खण्डमा हरियाली विकास, निमार्ण तथा संरक्षण गर्दै आएको छ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र के.सी र एनसेल प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले संयुक्त रुपमा एक कार्यक्र माझ मंगलबार उक्त ग्रिनबेल्ट उद्घाटन गरेका हुन्।
एनसेलले यस सामाजिक पहल अन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रिनबेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ सहित हरियाली निर्माण सकेर संरक्षण गरिरहेको छ।
यो परियोजना हरियाली विकासको एक उदाहरणीय काम बनेको कम्पनीले बताएको छ। यसले रिङरोड सडक खण्डमा सफा र हरियालीलाई प्रवर्द्धन गरेको छ।