एनसेल आजियाटाले बिहीबार नयाँ डेटा अफर 'डबल मजा प्याक' ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकहरूले जम्मा १२५ रुपैयाँ पर्ने डेटा प्याक पुनः खरिद गरेर आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै सुलभ दरमा डेटा सेवा लिन सक्नेछन्।
यसको मतलब यदी ग्राहकहरूले ७ दिनको समयसीमा रहेको ५ जिबी डेटा करसहित १२५ रुपैयाँमा खरिद गर्छन् र प्याकको समयसीमा सकिनुभन्दा पहिले नै सो प्याक पुनः खरिद गर्छ भने उही शुल्कमा अब ५ जिबीको सट्टामा १० जिबी डेटा प्राप्त गर्नेछन्। यो अफर आज (असार २४ गते) बाट सञ्चालनमा आएको छ।
समयावधि सकिनु अघिनै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोहीअनुसार थपिँदै जाने यस अफरको विषेशता हो। उदाहरणका लागि यदी कुनै ग्राहकले प्याक खरिद गरेको तीन दिनपछि सोही प्याक पुन खरिद गरेमा नयाँ १० जिबी उसको बाँकी डेटा भोल्युममा जोडिन्छ र समयसीमा पनि बाँकी रहेको ४ दिन सहित ११ दिन हुन्छ। प्याक आवश्यकता अनुसार जति पटक पनि पुनः खरिद गर्न सकिने कम्पनीको भनाइ छ। उक्त डेटाको अधिकतम समयसीमा २८ दिन रहनेछ।
'हामी आफ्ना ग्राहकलाई हाम्रो निरन्तरको प्रयास र नवीन सेवा मार्फत उत्कृष्ट सेवा अनुभव र यसको उचित मूल्य प्रदान गर्न प्रतिवद्ध छौं। आफ्नो डेटाको सीमा सकिने कुनै चिन्ता नगरी सुलभ डेटा सेवाबाट फाइदा लिन पाइने भएकाले नयाँ डबल मजा प्याकले ग्राहकलाई ठूलो महत्व राख्नेछ,' एनसेलका प्रमुख वाणिज्य अधिकारी प्रदीप श्रीवास्तवले भने।
एनसेलका ग्राहकले *१७१२३*२२# डायल गरी यो प्याक सजिलै खरिद गर्न सक्छन्। ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र ई-सेवा, खल्ती, आइएमइपे जस्ता वालेटबाट पनि यो प्याक खरिद गर्न सक्छन्।
यो अफर अन्तर्गत ल्याइएको प्याकले सुलभ दरमा डेटा सेवाको पहुँच प्रदान गदै ग्राहकलाई मुल्य प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ। ग्राहकले यस अफर अन्तर्गत एनसेलको डेटा सेवाको फाइदा जहाँ र जहिले पनि लिन सक्नेछन्।