साउथ एसियन नेटवर्क अपरेटर ग्रुप (सानोग) र नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले काठमाडौंमा सूचना प्रविधि अन्तर्राष्ट्रिय कार्यशाला तथा सूचना प्रविधि सम्मेलन गर्ने भएका छन्।
इन्टरनेट सेवा प्रदायक एवम् सूचा संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवम् संस्था सानोग र एन्पिनोगले साउन २ देखि ६ सम्म सानोग-३८ र एन्पिनोग-६ नामक ५ दिने कार्यक्रम आयोजना गर्न लागेका हुन्। उक्त कार्यक्रममा नेटवर्किङ एवम् सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक साथै प्रविधिको अनसुन्धान एवं शिक्षणमा संलग्न व्यक्तिहरुका विश्वमा भइरहेका उत्कृष्ट अभ्यासहरुको बारेमा छलफल एवं अनुभव आदानप्रदान हुनेछ।
यो क्षेत्रमा लागेकाहरुले इन्टरनेट प्रविधिको बारेमा जानकारी पाउनका साथै त्यस्ता प्रविधिमा देखापर्ने समस्या एवं चनौतीको बारेमा समेत जानकारी हासिल गर्नेछन्।
इन्टरनेट एक्सचेन्ज नेपाल र एन्पिनोगले संयुक्त रुपमा काठमाडौंको मेरिअट होटलमा पाँच दिने कार्यक्रममा चार दिन वर्कसप र एक दिन सम्मेलन हुनेछ।
जहाँ राउटिङ इन्फ्रास्टक्चर तथा अपरेसनल सेक्युरिटी, नेटवर्क म्यानेजमेन्ट, मोनिटरिङ तथा सेक्युरिटिसहित इपिभी-६ डेभलवमेन्ट र नेटवर्क सेक्युरिटी रहेका छन्।
कार्यक्रममा विभिन्न क्षेत्रका विशेषज्ञसहित अन्तर्राष्ट्रिय विज्ञले सहभागीलाई ४ दिनसम्म तालिम दिनेछन्।
अन्तिम दिन दिन आयोजना हुने सम्मेलनमा नेपाल तथा विश्वको सूचना तथा संचार प्रविधिको क्षेत्रको वर्तमान अवस्था, चनौती एवं सफलताका कथाहरुको बारेमा नेपाल तथा अन्य मलुकका प्रतिनिधिले विशेष प्रस्तुति दिनेछन्।
एनपिआइएक्सका कार्यकारी निर्देशक रुपेशभक्त श्रेष्ठका अनुसार कार्यक्रमले सूचना तथा संचार प्रविधिको विश्वस्तरीय ज्ञान आदानप्रदान गर्दै नेपालमा यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पर्याउने छ।
कार्यक्रममा दक्षिण एसियाका आइएसपीसँगै गुगल, अमाजन, मेटा फेसबुक, नोकिया लगायतले सहभागिता जनाउँदैछन्।
कार्यक्रममा नेपाल रिसर्च एण्ड एजकेशन नेटवर्क, नेपाल दुरसंचार प्राधिकरण, आइएसपिएएन, नेपाल इन्टरनेस फाउन्डेसनले विशेष सहयोग पुर्याउनेछन्।