क्लासिक टेकले देशभरी थप ३०० नयाँ प्राविधिक कर्मचारी नियुक्त गरेको छ।
वर्षा मौसममा फाइबर सम्बन्धी धेरै समस्या आउने भएकोले कर्मचारीको संख्या पनि बढी आवश्यक पर्छ। त्यसैले, कम्पनीले थप कर्मचारीहरू नियुक्त गरेको हो। साथै, इटिआर (इस्टिमेटेड टाइम अफ रेस्पोन्स) दिन पनि कम्पनीले उक्त संख्यामा कर्मचारी नियुक्त गरेको बताएको छ।
क्लासिक टेकको १०३ आउटलेटसँगै रहेका आफ्ना प्रयोगकर्ताहरूको लागि समर्थन पहुँच बढाएको छ। जसले गर्दा छिटो प्राविधिक सहायता दिन मद्दत पुर्याउने छ भने मर्मतमा लाग्ने समय पनि घटेर छिटो-छरितो रुपमा सेवा प्रदान गर्न मद्दत पुग्नेछ।
यसका साथै क्लासिक टेकले आफ्नो आइपिभिपी पनि अद्यावधिक संस्करण १.१.२ ल्याएको छ। कम्पनीले एक सयभन्दा बढी एचडी च्यानल र सय एसडी च्यानलहरूमा पनि नयाँ सुविधा ल्याएको छ। जसले गर्दा टेलिभिजनमा हेर्दाको अनुभवलाई अझै राम्रो बनाउने कम्पनीले जनाएको छ।
योसँगै कम्पनीले आगामी दिनमा आफ्नो नेटवर्क नेपालको दुर्गम क्षेत्रमा विस्तार गर्दै जाने र ग्राहकहरूलाई राम्रो इन्टरनेट न्यूनतम मूल्यमा दिने लक्ष्य राखेको बताएको छ।