ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए-५७ नेपाली बजारमा सार्वजनिक गरेको छ।
ओप्पो ए-५७ को डिजाइन आकर्षक हुनुका साथै यसमा उत्कृष्ट विशेषताहरू छन्। कम्पनीका अनुसार यो मिडरेन्ज फोन हो।
फोनमा उच्च क्षमताको पाँच हजार एमएएच लङ-लास्टिङ ब्याट्रीको शक्ति भएकाले छिटो चार्ज हुन्छ। फोन पूरा चार्ज हुन जम्मा ७२ मिनेट लाग्ने कम्पनीले बताएको छ।
ओप्पो ए-५७ मा ६.५६ इन्चको कलर-रिच डिस्प्ले छ। फोनमा १३ मेगापिक्सलको रिअर क्यामेरा र ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा दिइएको छ।
यो स्मार्टफोनमा आइपिएक्स-४ वाटर रेसिस्टेन्स भएकोले पानी पर्दा समेत फोन चलाउन सकिन्छ।
ओप्पो ए-५७ को स्थायी गुणस्तर १३० भन्दा बढी परीक्षण र ३२० विस्तृत परीक्षण चरणहरू समावेश गरी ड्रप, वाटर रेसिस्टेन्स, रेडिएसन, एम्बियन्ट इन्भायरोमेन्ट र सिग्नल इन्टरफेरेसन सहित ६ प्रमुख परीक्षण क्षेत्रमा प्रमाणित रहेको कम्पनीकाे दाबी छ।
सोमबारदेखि नेपाली बजारमा उपलब्ध उक्त फोन ग्लो डिजाइन फिनिस सहित ग्लोइंग ग्रीन (हरियो) र ग्लोइंग ब्ल्याक (कालो) रंग विकल्पमा पाउन सकिन्छ।
यो फोन ४ जिबी र्याम र ६४ जिबी आन्तरिक स्टोरेजसहित ४ जिबी विस्तारित र्यााम सफ्टवेयर सहित उपलब्ध छ। कम्पनीले ए-६७ को बजार मूल्य २३ हजार चार सय ९९ रुपैयाँ तोकेको छ।