शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ।
६.५३ इन्चको एचडी प्लस डिस्प्ले रहेको यस फोनले ग्राहकलाई मनपर्ने कन्टेन्ट हेर्नको लागि राम्रो अनुभव प्रदान हुने कम्पनीले बताएको छ।
अन्य ईन्ट्री–लेभल स्मार्ट फोनको तुलनामा यसमा भएको थ्रीडी–कर्भड ब्याकले प्रयोगकर्ताहरूलाई सहज अनुभव प्रदान गर्नुका साथै यसमा पछाडि रहेको फिंगरप्रिन्ट सेन्सरले यसलाई पहिलेभन्दा अझ सुरक्षित बनाउने कम्पनीले बताएको छ।
यसमा रहेको १३ एमपि मेन क्यामेरा र दुई एमपिको देप्थ क्यामेरा सेन्सरले प्रयोगकर्ताहरूलाई सोचे जस्तै फोटो खिच्न मद्दत गर्छ।
मिडियाटेक हेलियो जी२५ चिपसेट रहेको यस फोनमा १० वाटको फास्ट चार्जिङ सहित पाँच हजार एमएएच ब्याट्री छ।
यो फोन बजारमा ग्रेफाइट ग्रे (खैरो) क्रोम सिल्भर र स्काई ब्लू (निलो)गरी तीन वटा रङहरूमा उपलब्ध छ ।
यो फोन २ जिबी+३२ जिबी र ३ जिबी+६४ जिबी स्टोरेज भेरियन्टमा आउने र यसको मूल्य क्रमशः १३ हजार ९९९ रुपैयाँ र १५ हजार ९९९ रुपैयाँ कायम गरिएको छ।