ओप्पोले नेपाली बजारमा ‘ए सिरिज’ अन्तर्गतको नयाँ स्मार्टफोन 'ओप्पो ए७७' सार्वजनिक गरेको छ।
२ डी अल्ट्रा स्लिम बडी डिजाइन र उच्च सुरक्षा मापदण्डहरू सहितका सुविधाहरूले भरिएको यो फोनको कार्यक्षमता, उपस्थिति र मनोरञ्जनका अनुभवहरू अघिल्लो फोनमाभन्दा धेरै रहेको कम्पनीले बताएको छ।
डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्ट फोनमा यो एक मात्र स्मार्टफोन रहेको कम्पनीको दाबी छ।
यसमा ५० एमपी प्राइमरी क्यामेरा र २ एमपी डेप्थ सेन्सर र अगाडी, ८ एमपी सेल्फी क्यामेरा रहेका छन्। यसले पछाडी र अगाडि दुवै क्यामेराबाट १०८०पी मा भिडियोहरू खिच्न सक्छ।
मिडीया टेक हेलियो जी३५, ४जीबी र्यामर, १२८जिबी इन्टर्नल स्टोरेजको रहेको यस फोनले कलर्स ओएस १२.१ ले एन्ड्रोइड १२ मा आधारित सफ्टवेयरलाई ह्यान्डल गर्छ।
उक्त फोनमा पाँच हजार एमएएच् ब्याट्री रहेको छ भने र युएसबी–सी पोर्ट मार्फत ३३ वाट द्रुत चार्जिङलाई समर्थन गर्ने कम्पनीले बताएको छ।
यो फोन ४जिबी र्याम +१२८ जिबी रोमसँगै नेपाली बजारमा आएको र यसले १ टिबीसम्मको एसडी कार्डहरूलाई पनि समर्थन गर्ने कम्पनीको भनाइ छ।
स्काई ब्लू (निलो) र सनसेट ओरेन्ज (सुन्तला) रङहरूमा फाइबर ग्लास–लेदर डिजाइनमा उपलब्ध यो फोनको मूल्य २५ हजार ९९९ रुपैयाँ तोकिएको छ।