भिभोले वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई१५सी मंगलबार नेपाली बजारमा सार्वजनिक गरेको छ ।
सिमलेस अनुभवका लागि यो स्मार्टफोनमा ६.५१ इन्चको हेलो फुलभ्यु डिस्प्लेसहित 'आई प्रोटेक्सन' समावेश गरिएको छ ।
यस फोनमा १३ मेगापिक्सेलको एआई डुअल क्यामेरा र २ मेगापिक्सेलको सुपर क्याक्रो क्यामेरा छ।
जसबाट उच्चस्तरीय फोटोग्राफीको अनुभव लिन सकिने कम्पनीको भनाइ छ। त्यस्तै सेल्फीका लागि यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।
उक्त फोनमा लामो समयसम्म टिक्ने शक्तिशाली ब्याट्री वाई१५सी मा ५००० एमएएच ब्याट्री रहेको र यो दैनिक कार्यका लागि पर्याप्त हुने कम्पनीले बताएको छ।
यसलाई एक पटक पूर्ण चार्ज गरेपछि १८.७४ घण्टासम्म चलचित्र हेर्न वा ७.८९ घण्टा गेम खेल्न सकिने कम्पनीको दाबी छ।
यसमा ५ भोल्टको रिभर्स चार्जिङ छ र पावर बैंकजस्ता अन्य उपकरण चार्ज गर्न प्रयोग गर्न सकिने कम्पनीले बताएको छ।
कम्पनीका अनुसार यसमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, फेस एक्सेस, औरा स्क्रिन लाइट, मल्टी टर्बो ३.०, आईम्यानेजर, इजीसेयर लगायतका विशेषताहरू छन्।
फनटच ओएस १२ (एन्ड्रोइड १२) मा सञ्चालित फोन ३ जीबी र्याम र ३२ जीबी रोममा उपलब्ध छ।
मिस्टिक ब्लू (निलो) र वेभ ग्रीन (हरियो) रङमा उपलब्ध यो फोनको मूल्य १७ हजार ९९९ रुपैयाँ कायम गरिएको छ।