गत असार तथा साउन महिनामा नेपाल पे क्युआरको प्रतिमहिना कारोबार एक करोड ५० लाख पुगेको छ।
विभिन्न बैंक वित्तीय संस्थाहरू तथा भुक्तानी सेवा प्रदायकहरूमार्फत नेपाल पे क्युआरमा भुक्तानी प्राप्त गर्न विभिन्न मर्चेन्टहरूलाई इनरोल गर्ने कार्यको पनि थालनी भइसकेको बताइएको छ।
हाल विभिन्न बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ एप, वालेटको एप तथा कनेक्ट आइपिएस मोबाइल एपमार्फत नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको कम्पनीले बताएको छ।
कम्पनीका अनुसार उक्त सुविधा एभरेस्ट बैंक (इबिएल टच२४), हिमालयन बैंक (एचआई–एमबी), माछापुच्छ्रे बैंक (एमबीएल एम–स्मार्ट), मेगा बैंक (मेगा स्मार्ट बैंकिङ), एनआइसी एसिया (एमओ बैंक), सानिमा बैंक (सजिलो इ–बैंकिङ), सनराइज बैंक (स्मार्ट प्लस), कामना सेवा विकास बैंक (केएस आई मोबाइल), गुडविल फाइनान्स (गुडविल फाइनान्स स्मार्ट), आईसीएफसी फाइनान्स (आईसीएफसी फाइनान्स स्मार्ट), समृद्धि फाइनान्स (एमबैंक), सेलकोम प्रालि (सेल पे) गरी ११ वटा मोबाइल बैंकिङ एप, एक वालेट तथा कनेक्ट आइपीएस मोबाइल एपमा उपलब्ध रहेको छ ।
त्यस्तै, नेशनल पेमेन्ट स्वीचअन्तर्गतउक्तसेवा सुरू गर्न ५२ बैंक वित्तीय संस्था र १३ भुक्तानी सेवा प्रदायकले सम्झौता पनि गरिसकेका कम्पनीले बताएको छ।
नेपाल पे क्युआरको पूर्वाधारमा विभिन्न बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकले आफ्नो विभिन्न व्यावसायिक संस्थाहरुलाई मर्चेन्टको रुपमा आबद्ध गरी क्युआर मार्फत भुक्तानी प्राप्त गर्ने सेवाको पनि थालनी भइसकेको छ।
भौतिक रुपमा क्युआर स्ट्यान्ड उपलब्ध गराई वा आफ्नो बिलिङ सिस्टममा डाइनामिक क्युआर इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा क्युआर गेटवे जोडी अथवा एन्ड्रोइड पीओएसमा इन्टिग्रेट गरी उक्त भुक्तानी सेवा उपलब्ध गरिएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार व्यावसायिक संस्थाहरुले क्युआरमार्फत भुक्तानी प्राप्त गर्न एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स, सम्वृद्धि फाइनान्स लगायत फोकसवान सोलुसन्सलाई सम्पर्क गर्न सक्दछन् भने अन्य बैंक वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायक पनि थपिने क्रममा रहेका छन्।