इन्टरनेट सेवा प्रदायक कम्पनी सिजी नेटले स्काइ कमसँगको सहकार्यमा आइपिटिभी सेवा सिजीनेट जोडी योजना सुरू गरेको छ।
ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपुर मनोरञ्जन दिलाउने उद्देश्यले कम्पनीले आइतबारदेखि सिजीनेट मेगाजोडी र सिजीनेट ग्राण्ड जोडी अफरको सुरू गरेको बताएको छ।
यो सेवा सञ्चालनमा आएसँगै ग्राहकले सिजीनेट र आइपिटिभी दुवै सेवा सञ्चालन गर्न पाउनेछन् ।
आइपिटिभी अन्तर्गत २५७ च्यानल उपलब्ध हुनेछन् भने ती च्यानलमध्ये १२५ वटा एचडी र १३२ वटा एसडी च्यानल हुने बताइएको छ ।
तीमध्ये ५० भन्दा बढी इन्टरटेण्टमेण्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पार्टस च्यानल हुनेछन् ।
यस्तै यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी च्यानल, ५ कलर च्यानल, १० जी नेटवर्क लगायत छन् ।
सिजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रूपमा उपलब्ध हुनेछन्।
स्प्रिण्टर जोडी (८० एमविपिएस प्लस आइपीटिभी) को प्रतिमहिना ८१०, पपुलार जोडी (१५५एमविपिएस प्लस आइपीटिभी) को एक हजार ५५ रुपैयाँ र रकस्टार जोडी (३०५ एमविपिएस प्लस आइपीटिभी) को प्रति महिना एक हजार ३७४ रुपैयाँ शुल्क लाग्नेछ।
त्रैमासिक योजनाअनुरुप स्प्रिण्टर जोडी ८० एमविपिएसको साथमा आइपी टिभीको दुई हजार ६४०, पपुलार जोडी एमविपिएसको साथमा आइपी टिभीको तीन हजार ७५० रुपैयाँ र रक स्टार जोडी ३०५एमविपिएसको साथमा आइपी टिभीको नौ हजार ७२० रुपैयाँ शुल्क लाग्नेछ।
यस्तै, वार्षिक योजनाअनुरुप स्प्रिण्टर जोडी ८० एमवीपिएसको साथमा आइपी टिभीको नौ हजार ७२० रुपैयाँ, पपुलार जोडी एमविपिएसको साथमा आइपी टिभीको १२ हजार ६६० रुपैयाँ र रक स्टार जोडी ३०५ एमवीपिएसको साथमा आइपी टिभीको १६ हजार ४८८ रुपैयाँ शुल्क लाग्नेछ।
यो दरमा १३ प्रतिशत भ्याट जोडिने छ। सेटअप बक्सका लागि ग्राहकले एक पटक दुई हजार ६०० रुपैयाँ शुल्क तिुर्नु पर्नेछ।
त्यस्तै, सिजी डिजिटलले सिजी नेट सँगको सहकार्यमा सार्वजनिक गरेको सिजी ग्राण्ड जोडी अफर अन्तर्गत ग्राहकले दुई फरक स्मिक प्राप्त गर्न सक्नेछन्।
जसमाग्राहकले ८० एमविपिएस र आइपिटिभीका साथमा ४३ इन्चको सिजी टिभी ३५ हजार ९९९ रुपैयाँ र ८० एमविपिएस र आइपिटिभीका साथमा ३२ इन्चको सिजी टिभी २५ हजार ४९९ रुपैयाँमा प्राप्त गर्न सक्ने बताइएको छ।
ग्राहकले यीे जोडी प्याकेजहरू सिजी नेट कार्यालय, सिजी डिजिटल आउटलेट, सिजीनेट वेबसाइट, फोन सम्पर्क वा दराज अनलाइनमार्फत प्राप्त गर्न सक्ने कम्पनीले बताइएको छ।