'सामसङ ग्यालेक्सी ए १३' छिट्टै नेपालमा सार्वजनिक हुने भएको छ।
उक्त फोन सामसङको उच्च गुणस्तरको नवीनताबाट निर्मित रहेको बताइएको छ।
यो फोन लामो समयसम्म चल्ने ब्याट्री, सुन्दर ४ वोटा–लेन्स क्यामेरा र आकर्षक एज–टु–एज डिस्प्लेको साथ उपलब्ध हुनेछ।
यी सबै सुविधाहरूले ए १३ कन्टेन्ट बनाउनेहरूका लागि र विशेष गरी नयाँ उदीयमान प्रतिभाहरूका लागि उपयुक्त हुने कम्पनीले बताएको छ।
यसको शक्तिशाली मल्टि–क्यामेरा प्रणालीले तस्बिर र भिडियोहरू खिच्न धेरै सजिलो हुने र यसको सिस्टमले प्रदान गर्ने स्टोरेज वृद्धिले यो फोन ग्राहकको लागि उपयुक्त हुने कम्पनीको दाबी छ।