इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले 'वर्ल्डलिंक फेसटिभीटी' अफर सार्वजनिक गरेको छ ।
यो अफर अन्तर्गत ग्राहकहरूले आफ्नो सब्सक्रिप्सनमा तीन फरक–फरक आकर्षक प्याकेजहरू प्राप्त गर्न सक्ने बताइएको छ।
पहिलो प्याकेज 'फस्ट अफर' अन्तर्गत १ हजार ५० रुपैयाँ प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरूले डुवल ब्यान्ड राउटर र २०० एमबीपीएस इन्टरनेट सेवा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।
'२ राउटर्स' प्याकेज अन्तर्गत १ हजार ५० रुपैयाँमा प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरूले नोकिया बेकन १.१ मेस राउटर, डुवल ब्यान्ड राउटर र उच्च गतिको इन्टरेटका साथै अटुट कनेक्सन सहितको २०० एमबीपीएस इन्टरनेट प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार सबैभन्दा राम्रो मनोरञ्जनको प्याकेज एकै ठाउँमा प्राप्त गर्न सकिने ‘स्मार्ट अफर’ अन्तर्गत १ हजार ५० रुपैयाँ प्रति महिना (वार्षिक सदस्यता) नोकिया बेकन १.१ मेस राउटर, २०० एमबीपीएसको इन्टरनेट सेवा साथमा सम्पूर्ण प्रकारका आवश्यकताहरूलाई मध्यनजर गर्दै, सेट टप बक्सको साथमा मासिक नेटटीभी मात्र १५० रुपैयाँमा प्राप्त गर्नेछन्।
यो अफर १ वर्ष, ६ महिना वा ३ महिनाको प्याकेजहरूमा उपलब्ध हुनेछ। साथै उपलब्ध हुने सबै स्पिडहरूमा, सम्पूर्ण ग्राहकहरूका लागि (नयाँ तथा हालका) लागु हुने कम्पनीको भनाइ छ।
नेटटिभीको फेसटिभिटी अफर
सेवा प्रदायक नेटटिभीले पनि 'नेटटिभी फेसटिभिटी' अफर ल्याएको छ।
यो अफरमा नेटटिभीले टिभी र नेटटिभी सब्सक्रिसनको बन्डल अफर सुपथ मूल्यमा बजारमा ल्याएको कम्पनीले बताएको छ।
यो अफर अन्तर्गत नेटटिभीको सेट टप बक्स र एक वर्षको सदस्यताको साथमा उपभोक्ताले यासुदाको ३२ इन्चको वाइएस–३२एनडब्लुएन मोडल एलइडी टीभी वा ४३ इन्चको वाइएस–४३एनडब्लुएस मोडलको बेजेल–लेस स्मार्ट टीभी खरिद गर्ने सक्नेछन्।
कम्पनीका अनुसार ३२ इन्चको टिभीको नेटटीभी सेट टप बक्स र एक वर्षे प्लानको मूल्य भ्याटसहित १४ हजार ९९९ रुपैयाँ रहेको र ४३ इन्च टीभीको नेटटीभी सेट टप बक्स र एक वर्षे प्लानको मूल्य भ्याटसहित २९ हजार २९९ रुपैयाँ रहेको छ ।
दुवै प्लानमा सेट टप बक्सको डिपोजिट ५०० रुपैयाँ लाग्ने बताइएको छ।
नेटटीभी स्ट्रिम्जप्लस प्लस जस्तो मनोरञ्जन प्रविधि क्षेत्रको नौलो सेवा नेपालमै पहिलो पटक ल्याएर नेटटीभी नेपालको पहिलो गुगल सर्टिफाइड् एन्ड्रोइड टिभी अपरेटर बन्न सफल भएको कम्पनीको भनाइ छ।