इन्टरनेट सेवा प्रदायक वाइ–फाइ नेपालले दशैं अफर सार्वजनिक गरेको छ ।
यसअन्तर्गत कम्पनीले आफ्ना ३० एमबिपिएस गतिको इन्टरनेट प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रूपमा ५० एमबिपिएसमा अपग्रेड हुने मौका दिने भएको छ।
यसको अर्थ पहिले ३० एमबिपिएस इन्टनेट जडान गरेका ग्राहकले अब उही शुल्कमा ५० एमबिपिएसको इन्टरनेट पाउनेछन्।
त्यसैगरी पहिले ५० एमबिपिएस इन्टरनेट प्रयोग गरिरहेका प्रयोगकर्ताले ३० एमबिपिएसकै शुल्क तिरेर नवीकरण गर्न सक्नेछन्।
अब भने वार्षिक ६ हजार २१५ रुपैयाँ तिरेर प्रयोगकर्ताले ५० एमबिपिएसको इन्टरनेट जडान गर्न सक्नेछन्।
त्यस्तै, वाइ–फाइ नेपालले आफ्नो सेवामा ८० एमबिपिएसको सुविधा ल्याएको छ।
यसअन्तर्गत आठ हजार ४७५ रुपैयाँमा एक वर्षका लागि ८० एमबिपिएस इन्टरनेट जडान गर्न सकिने उनले बताए।
यससँगै प्रयोगकर्ताले नवीकरणका लागि न्यूनतम तीन महिनाको शुल्क तिरे पुग्ने कम्पनीले बताएको छ।