एनसेल आजियाटाले आठौं संविधान दिवसको अवसरमा आइतबारदेखि लागु हुने गरी नयाँ दुई विशेष अफर सञ्चालन ल्याएको छ।
यो अफर अन्तर्गत ग्राहकहरूले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।
यी प्याकहरु आइतबारदेखि मंगलबारसम्म तीन दिनका लागि मात्र सञ्चालनमा रहने बताइएको छ।
कम्पनीका अनुसार ग्राहकहरूले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक कर सहित ५९ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।
यो प्याक सुरू गरेपछि ग्राहकले एक दिन अर्थात २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन पाउँछन्।
एनसेल बाहेक अन्य सेवा प्रदायकका नम्बरहरुमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले मात्र ९५ रुपैयाँमा २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याक लिन सक्छन्।
यस प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि तीन दिनको हुने कम्पनीले बताएको छ।