सामसङले नेपाली बजारमा ग्यालेक्सी ए-०४ एस सार्वजनिक गरेको छ।
यो स्मार्ट फोनमा ट्रिपल रियर क्यामरा रहेकाले नयाँ पुस्ताले फोटोग्राफीको नयाँ युग अनुभव गर्न सक्ने कम्पनीले बताएको छ।
यसमा एउटा ५० एमपी मेन क्यामरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र २ एमपीको डेप्थ क्यामरा र ५ एमपी सेल्फी क्यामरा छ जसले सेल्फी फोकस फिचर प्रदान गर्ने कम्पनीले बताएको छ।
यो फोन ६.५ एचडी र एममओएलइडी डिस्प्लेको साथ नेपाली बजारमा उपलब्ध छ।
यसमा ५००० एमएएच ब्याट्री रहेकाले एक चोटि पूरा चार्ज गर्दा दुई दिनसम्म चार्ज टिक्ने कम्पनीले बताएको छ।
यो फोन कालो, कपर र हरियो गरी तीन आकर्षक रङहरूमा उपलब्ध छ।
१२८ जिबी रोम र ४ जिबी र्यामसहितको यसको मूल्य २१ हजार ९९९ रुपैयाँ र ६४ जिबी रोम र ४ जिबी र्यामसहितको मूल्य १९ हजार ९९९ रुपैयाँ तोकिएको छ।