एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्नेछन्।
एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीनवटा नयाँ भ्वाइस प्याकहरू ल्याएको छ।
यी प्याकहरू शुक्रबार (असोज ७ गते) देखि लागू हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यी भ्वाइस प्याकको प्रयोगबाट फाइदा लिन सक्नेछन्। भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार एक दिन, सात दिन वा २८ दिनको समयावधि रहेको प्याक सुरू गर्न सक्नेछन्।
एक दिनको भ्वाइस प्याक अन्तर्गत ग्राहकले करसहित ५५ रूपैयाँमा भारत कल गर्न १५ मिनेट टकटाइम पाउँछन्। त्यस्तै सात दिने भ्वाइस प्याक अन्तर्गत २४९ रूपैयाँमा भारत कल गर्न ७० मिनेट टकटाइम पाउनेछन्।
आफ्नो आवश्यकता अनुसार बढी समयावधि चाहिने ग्राहकले २१५ मिनेट टकटाइम रहेको भ्वाइस प्याक करसहित ७४९ रूपैयाँमा सुरू गरी कल गर्न सक्नेछन्।
ग्राहकले *१७११८*७# डायल गरी निर्देशनअनुसार आफ्नो आवश्यकता अनुरूप भ्वाइस प्याक सुरू गर्न सक्नेछन्।
त्यस्तै एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेतामार्फत यी भ्वाइस प्याकहरू सुरू गर्न सक्ने कम्पनीले जनाएको छ।
सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरुप भारतमा कल गर्न यी भ्वाइस प्याक सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ।