ई-सेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश अभियान’ सञ्चालनमा ल्याएको छ।
उक्त योजनाअन्तर्गत ई-सेवा मनी ट्रान्सफरबाट रेमिटेन्स पठाउनेमध्ये एक जनाले काठमाडौंमा घर उपहार पाउने भएको हो।
अभियानअन्तर्गत संसारका जुनसुकै मुलुकमा रहेका नेपालीहरूले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता अथवा इसेवा वालेटमा पैसा पठाई सहभागी हुन पाउनेछन्।
साथै, विदेशबाट ई-सेवा मनी ट्रान्सफरमार्फत आएको नगद रेमिटेन्स आफ्नो ई–सेवा वालेटमा प्राप्त गरेर यस योजनामा जो कोहीले पनि सहभागिता जनाउन सक्नेछन्।
यस अभियानमा मासिक रूपमा १ जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरूको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा सुविधा सम्पन्न घर प्राप्त गर्ने कम्पनीले जनाएको छ।
ई-सेवा मनी ट्रान्सफरका जनरल मेनेजर सागर खनालले भने 'विदेशमा भएका सबै नेपालीलाई डिजिटल र वैधानिक माध्यमबाट देशमा रेमिटेन्स पठाएर देशको आर्थिक उन्नतिमा योगदान पुर्याउन अपिल गरे। 'विश्वभर भएका नेपालीहरूलाई देश डिजिटल बनाउने अभियानमा जोड्न हामी मेरो डिजिटल देश सुरू गर्न लागेको हौं।'
अभियानमा महानायक राजेश हमालले यस अभियानसँग जोडिएर ई-सेवा मनी ट्रान्सफरसँगै देश तथा विदेशमा गई डिजिटल रेमिटेन्स सम्बन्धी जागरुकता जनाउने बताए।
परम्परागत शैलीमा हुँदै आएको रेमिटेन्स कारोबारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ यो अभियान सुरू गरिएको हो।
साथै, यस योजनामार्फत डिजिटल रेमिटेन्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाई थप मजबुत बनाउन पनि ६ महिने यस योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
यो अभियान असोज ७ गतेबाट बाट सुरू भएर आगामी फागुन ६ गतेसम्म जारी रहनेछ।
ई-सेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ई-सेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ।
ई-सेवा मनी ट्रानसफरले सेवाग्राहीहरूलाई १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दे आइरहेको छ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ई-सेवा मनी ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।