नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्युआरमार्फत भाटभटेनी सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड किनमेल गर्न सकिने भएको छ।
फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटेड किनमेल गर्न सकिने योजना सञ्चालन गरिएको हो।
यस योजना अन्तर्गत फोनपेमार्फत क्युआर गर्दा हरेक हप्ता ७० जनाले अनलिमिटेड किनमेल गर्न सक्नेछन्। साथै ३५ दिनमा २० हजार जनाले भाटभटेनीको एक हजार रूपैयाँको डिजिटल भौचर प्राप्त गर्न सक्नेछन्।
यो भौचर फोनपे अफर एपमा आउनेछ र विजेता हरेकदिन भाटभटेनीको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण मार्फत सार्वजनिक गरिने बताइएको छ।
यसका साथै आम मानिसलाई किनमेल गर्न सहज होस् भन्ने उद्देश्यले फोनपे क्युआर मार्फत भुक्तानी गर्नेलाई निःशुल्क भाटभटेनीको झोला प्राप्त हुनेछ। यो योजना कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ।
यसैगरी फोनपेले दसैंको अवसरमै 'चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ' योजना समेत सञ्चालन गरेको छ।
यस योजना अन्तरगत हरेक दिन फोनपेमार्फत क्युआर गर्ने, फोनपे डाइरेक्टमार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले दैनिक एक लाख रुपैयाँ जित्न सक्नेछन्।
यो योजना ग्राहकहरूका लागि असोज १३ गतेसम्म लागु हुनेछ। यसैगरी क्युआरमार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसङको आकर्षक मोबाइल फोन जित्न सक्नेछन्।
मर्चेन्टहरूको यो योजना कात्तिक १२ गते ४० दिनसम्मका लागि लागु हुनेछ।
फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोनपे अफर एपमा गइ चुनौती अर्थात् च्यालेञ्ज एसेप्ट गर्नुपर्नेछ।
फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्बाट सहजै क्युआरमार्फत भुक्तानी गर्न सकिन्छ।
यसैगरी, फोनपे डाइरेक्टमार्फत मोबाईल नम्बर राखि कुनैपनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ।
फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्।
यस्तै, फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन्। एक करोड ५० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ।