भायानेट कम्युनिकेसन्सले आफ्नो सञ्चालनको २३ वर्ष पूरा गरेको छ ।
भायानेट उत्कृष्ट डिजिटल सेवाहरूमार्फत ग्राहकहरूलाई सेवा दिने उद्देश्यका साथ सन् १९९९ मा स्थापित भएको हो।
यो अवधिमा कम्पनी भरपर्दो ब्रोडब्यान्ड इन्टरनेट र उत्कृष्ट आइपिटिभी सेवाहरूमा इनोभेटिभ कम्पनीको रूपमा स्थापित भएको कम्पनीले बताएको छ।
सन् २०११ मा भायानेट नेपालमै पहिलो पटक फाइबर अप्टिक्स टेक्नोलोजीको सुरूवात गर्ने कम्पनी बनेको कम्पनीको दाबी छ।
यसरी भायानेट कुनै पनि स्यरिङ रेसियो बिना डेडीकेटेड इन्टरनेटमार्फत द्रुत गतिको इन्टरनेट प्रदान गर्ने कम्पनी पनि बनेको बताइएको छ।
कम्पनीका अनुसार सन् २०१६ मा भायानेट आइपिटिभी सेवाहरू प्रस्तुत गर्ने पहिलो कम्पनीमध्ये एक बनी ग्राहकहरूको टिभी हेर्ने अनुभवलाई परिष्कृत बनाउन सघाएको छ।
कम्पनीले सेवाको निरन्तर अपग्रेड गर्नाका साथै थप ग्राहकहरू माझ आफ्नो गुणस्तरीय सेवा विस्तार गरिरहेको बताएको छ।
भायानेटले आफ्नो अल्ट्रा–फाई इन्टरनेट लाइन अपहरू मार्फत लाखौं ग्राहकलाई सेवा दिँदै आइरहेको कम्पनीले जनाएको छ।
भायानेटको भाया टिभीले सस्तो दरमा १७५ं टिभी च्यानलहरू उपलब्ध गराउँदै आएको समेत कम्पनीले बताएको छ।
कम्पनीले भर्खरै भाया टिभीलाई भाया टिभी २.० मा अपग्रेड गरी अलग–अलग दर्शक प्रोफाइलहरू, पिक्चर–इन–पिक्चर मोड, पे–पर–भिउ लगायतका आधुनिक फिचरहरू ल्याएको कम्पनीले जनाएको छ।
कम्पनीले भविष्यमा व्यक्तिगत तथा व्यावसायिक उद्देश्यका लागि इन्टरनेट, टिभी र अन्य डिजिटल सेवाहरूको नियमित मागहरू पूरा गर्न आफ्ना उत्पादन र सेवाहरूलाई अझ बढी व्यवस्थित र विस्तारित गराउने उद्देश्य राखेको छ।