नेपाल टेलिकमले अटम अफर २०७९ सञ्चालनमा ल्याएको छ।
कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएपछि यसैमा केही प्याकहरूलाई अद्यावधिक र केहीलाई निरन्तरता दिँदै नयाँ अटम अफर ल्याइएको हो।
असोज २९ गतेदेखि कार्यान्वयनमा ल्याइएको उक्त अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालनमा रहने कम्पनीले जानकारी दिएको छ।
यस अन्तर्गत सजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो प्रिपेड प्याक, अननेट एसएमएस प्याक र इन्डिया कल अफर लगायतका विभिन्न प्याकहरु सञ्चालनमा ल्याइएकोे छ।
सजिलो प्रिपेड कम्बो ३४९ अन्तर्गत प्रतिदिन ५०० एमबी डाटा, प्रतिदिन ५० मिनेट (अल नेटवर्क) भ्वाइस र दैनिक ५० वटा (अल नेटवर्क) सन्देश पठाउन सकिने लगायतका सुविधा उपलब्ध छन्।
अन्य प्याकहरू र अफरमा पनि विभिन्न आकर्षक सुविधाहरू उपलब्ध रहेका कम्पनीले बताएको छ।
अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले एस्ट्रिक१४१५ह्यास डायल गर्नु पर्नेछ।
कम्पनीको 'नेपाल टेलिकम' एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ।
त्यसैगरी, कम्पनीको वेबसाइट मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने टेलिकमले बताएको छ।