महानायक राजेश हमालले युएईका लागि नेपालका राजदूत कृष्ण प्रसाद ढकालसँग भेटवार्ता गरेका छन्।
हमाल ई–सेवा मनी ट्रान्सफर र युएईस्थित अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनी लुलु एक्सचेन्जको निम्तोमा युएई पुगेका हुन्।
भेटका क्रममा हमालले राजदूत ढकालसँग ई–सेवा मनी ट्रान्सफरको 'मेरो डिजिटल देश' अभियानको अवधारणा र अभियानमा आफ्नो भूमिकाबारे जानकारी गराए।
साथै, हमाल र राजदूत ढकालबीच वैधानिक रूपमा बैंक खाता र मोबाइल वालेटमा पठाइने डिजिटल रेमिटेन्सलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने विषयमा समेत छलफल भएको थियो।
ई–सेवा मनी ट्रान्सफरको 'मेरो डिजिटल देश' अभियानको पूर्ण सफलताको कामना गर्दै राजदूत ढकालले वैधानिक रेमिट्यान्सलाई बढावा दिने अभियानमा आफ्नोतर्फबाट पूर्ण साथ रहने प्रतिवद्धता व्यक्त गरे।
हमालले दुबई र अबुधावी शहरमा रहेका लुलु एक्सचेन्जका विभिन्न शाखा तथा वैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरू बस्ने क्याम्पमा गएर ई–सेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश” अभियानबारे जानकारी दिनुका साथै विदेशबाट वैधानिक माध्यमबाट सोझै नेपालका बैंक खाता र ई–सेवा वालेटमा पैसा पठाउनुका सहजता र फाइदाबारे अवगत गराएका थिए।
हमाल ब्राण्ड एम्बेसेडरको रूपमा ई–सेवा मनी ट्रान्सफरसँग आवद्ध रहेका छन् र सक्रिय रूपमा देश तथा विदेशमा “मेरो डिजिटल देश“ अभियानको प्रवर्द्धनमा क्रियासिल रहेका छन्।
के हो ई–सेवा मनी ट्रान्सफरको 'मेरो डिजिटल देश' अभियान र यसको उद्देश्य?
मेरो डिजिटल देश अभियान देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा अभियान हो।
विदेशबाट वैधानिक र डिजिटल माध्यमबाट नेपालमा पाउने व्यक्तिको बैंक खाता वा वालेटमा पैसा भित्राउँदै डिजिटल माध्यमबाट पठाउँदा हुने सहजताको प्रचार प्रसार गर्दै पैसा पठाउने र पाउने शैलीलाई डिजिटाइज गर्न मद्दत पुर्याउने र देशको अर्थतन्त्र सुदृधिकरणमा समेत मद्दत पुर्याउने यस अभियानको मुख्य उद्देश्य रहेको छ।
कसरी सहभागी बन्ने यस अभियानमा?
विदेशबाट ई–सेवा मनी ट्रान्सफरमार्फत नेपालमा पाउने व्यक्तिको बैंक खाता वा ई–सेवा वालेटमा पैसा पठाएर अभियान अन्तर्गतको योजनामा सहभागी हुन सकिनेछ।
साथै, विदेशबाट आएको नगद रेमिटेन्स ई–सेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ।
यस अभियान अन्तर्गतको योजनामा सहभागी बने वापत महिनै पिछे ६ महिनाको अवधिसम्म १ जनाले सर्प्राइज गिफ्ट प्याकेज पाइने कम्पनीले बताएको छ।
त्यस्तै, १ जनाले योजनाको अन्त्यमा काठमाडौंमा सपनाको घर जित्न सक्ने समेत कम्पनीले बताएको छ।