एन्ड्रोइड टिभी ब्रान्ड टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ।
कम्पनीले प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्दत गर्ने अत्याधुनिक युजर इन्टरफेस र ओएस भित्र्याएको हो।
यसमा प्रयोगकर्ताले आफ्नो मनपर्ने सामग्री सहज तरिकाले एपहरूमा नगई होम स्क्रिनबाटै सेलेक्ट गरेर हेर्न सक्ने कम्पनीले बताएको छ।
गुगल टिभीको प्रारम्भिक सेटअपपछि प्रयोगकर्ताले गुगल टिभीको होम स्क्रिन देख्न सक्ने कम्पनीको भनाइ छ ।
होम स्क्रिनमा विभिन्न एप, चलचित्र र टिभी कार्यक्रमहरूका स्लाइडहरू प्राथमिकताका आधारमा देखाइने कम्पनीले जनाएको छ।
यसमा गुगल प्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्हेन्सड युजर इन्टरफेस र ओएस रहेकाले टिसिएल गुगल टिभी परम्परागत स्मार्ट टिभीभन्दा एक कदम अगाडि रहेको कम्पनीको दाबी छ।
यो बाहेक गुगल टिभीले टेलिभिजन अनुभव सुधार्नका लागि क्रोमकास्ट र ब्युल्ट इन गुगल एसिस्टेन्टमा पहुँच प्रदान गरेको जनाएको छ।
कम्पनीका अनुसार गुगल टिभीले नयाँ संस्करणलाई पनि अटोमेटिकल्ली अपडेट गर्नेछ।
टिसिएलले हाल ४३ इन्चदेखि ७५ इन्चसम्मका तीन मोडेल तथा विशेषता रहेको गुगल टिभी ल्याएको जनाएको छ ।
टिसिएल ब्रान्डको नेपालका लागि आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ।
त्यसैले यो टिभी सिजी डिजिटल सोरुमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
सिजी डिजिटल शोरुमहरू काठमाडौंभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रविभवन, कीर्तिपुर, हात्तिगौडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।