ट्विटरका मालिक एलन मस्कले संस्थाको प्रमुखमा आफू रहने वा नरहेन भन्ने निर्क्यौलका लागि पोल गरेका छन्।
ट्विटरको पोल सुविधाको प्रयोग गर्दै मस्कले प्रयोगकर्तालाई मतदानका लागि अपिल गरेका हुन्। त्यसको नतिजा आफूलाई स्वीकार्य हुने उनले बताएको रोयटर्सले जनाएको छ।
ट्विटर खरिद गरेयता मस्क विवादित बन्दै आएका छन्। आधिकारिक ट्विटर ह्याण्डल संकेत गर्ने ‘ब्लु ब्याच’ का लागि पैसा तिर्नुपर्ने निर्णयदेखि कर्मचारी कटौतीसम्मका उनका योजना विवादित बन्दै आएका छन्। मस्कले ट्विटरबाट ७ हजार ५ सय कमर्चारी कटौतीको योजना बनाएका थिए।