इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेस नोकिया जिटिएफएफ फिक्स्ड नेटवर्क्स कस्टुमर अवार्ड २०२२ बाट सम्मानित भएको छ।
सेवामा नवप्रवर्तन ल्याउन सफल भएको भन्दै नोकियाले यस्तो अवार्ड दिएको हो।
नोकियाका अनुसार वर्ल्डलिङ्कले होम कनेक्टिभिटी सर्भिस इनोभेसनका लागि कम्पनीलाई विजेताको रूपमा चयन गरिएको हो।
'हिमाल, बरफ तथा हिउँ, खोला एवम् वन्यजन्तु जस्ता प्रतिकुल परिस्थितिमा समेत ग्राहकलाई जोडेको नोकिया वायरलेस क्लाउड कन्ट्रोलरमा अग्रणी भूमिका निर्वाह गरेकोले सर्भिस इनोभेसन इन–होम कनेक्टिभिटी विधा अन्तर्गतको अवार्ड वर्ल्डलिङ्कलाई प्रदान गरिएको हो' नोकियाको नेटवर्क पूर्वाधार, एफएन सिटिओ तथा एमसिए विभागका सोलुसन सपोर्ट लिड स्यारी एन्नीले भनिन्।
नोकियाले यही डिसेम्बर ७ देखि ८ सम्म सिङ्गापुरमा आयोजना गरेको गेट टु फास्ट फास्टर २०२२ कार्यक्रममा कम्पनीलाई यो अवार्ड प्रदान गरिएको हो।
हाल कम्पनीको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको संख्या सात लाखभन्दा बढी तथा प्रयोगकर्ताको संख्या ३० लाखभन्दा धेरै छ।
नेपालमा एक जना ग्राहकले जोडेको इन्टरनेट औषत ४ः३२ जनाले प्रयोग गर्दै आएका छन्।
देशका सातै प्रदेशका ७४ जिल्लामा वर्ल्डलिङ्कको इन्टरनेट सेवा पुगिसकेको छ।
कम्पनीले देशका विभिन्न १४ हजारभन्दा बढी स्थानमा फ्री वाइफाई सेवा समेत उपलब्ध गराउँदै आएको कम्पनीले बताएको छ।