करिब तीन महिना अघि सार्वजनिक आइफोन-१४ नेपाली बजार भित्रिएको छ। नेपालमा आइफोन-१४ को विभिन्न १४ मोडल खरिद गर्न सक्छन्।
नेपाली बजारमा यतिबेला १२८ जिबी, २५६ जिबी र ५१२ जिबीका आइफोन-१४ उपलब्ध छन् भने १२८ जिबी, २५६ जिबी र ५१२ जिबीमा आइफोन-१४ प्लस खरिद गर्न सकिन्छ।
त्यसैगरी १२८ जिबी, २५६ जिबी, ५१२ जिबी र १ टिबी स्टोरेज क्षमताको आइफोन-१४ प्रो उपलब्ध छन्। साथै ग्राहकहरूले आइफोन प्रो म्याक्समा १२८ जिबी, २५६ जिबी, ५१२ जिबी र १ टिबी स्टोरेज क्षमता पाउन सक्छन्।
नेपालमा एप्पलको आइफोनको लागि आधिकारिक आयातकर्ता तथा वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले रहेको छ। कम्पनीले यी सबै मोडलहरूको मूल्य पनि तोकिसकेको छ।
नेपाली बजारमा १२८ जिबी स्टोरेज क्षमताको आइफोन-१४ को मूल्य एक लाख ५४ हजार ९९० रूपैयाँ, २५६ जिबीको एक लाख ७३ हजार ९९० रूपैयाँ र ५१२ जिबी क्षमताको आइफोन-१४ को मूल्य दुई लाख नौ हजार ९९० रूपैयाँ तोकिएको छ।
आइफोन-१४ प्लसमा १२८ जिबीको एक लाख ७३ हजार ९९० रूपैयाँ, २५६ जिबीको एक लाख ९२ हजार ९९० रूपैयाँ र ५१२ जिबीको दुई लाख २९ हजार ९९० रूपैयाँ तोकिएको छ।
नेपाली बजारमा आइफोन-१४ प्रो १२८ जिबी मोडल एक लाख ९४ हजार ९९० रूपैयाँ, २५६ जिबी मोडल दुई लाख १४ हजार ९९० रूपैयाँ, ५१२ जिबी मोडल दुई लाख ५४ हजार ९९० रूपैयाँ र १ टिबी मोडल दुई लाख ९९ हजार ९९० रूपैयाँमा खरिद गर्न सकिन्छ।
त्यसैगरी १२८ जिबी स्टोरेज क्षमताको आइफोन-१४ प्रो म्याक्सको बजार मूल्य दुई लाख १४ हजार ९९० रूपैयाँ, २५६ जिबी मोडलको दुई लाख ३४ हजार ९९० रूपैयाँ, ५१२ जिबीको दुई लाख ७४ हजार ९९० रूपैयाँ र १ टिबी मोडलको आइफोन-१४ प्रो म्याक्सको मूल्य तीन लाख १४ हजार ९९० रूपैयाँ तोकिएको छ।